चीनले उत्पादन गर्‍यो आफै भाइरस मुक्त हुने मास्क

प्रकाशित मिति:

एजेन्सी । चिनियाँ एक कम्पनीले आफै भाइरस मुक्त हुने मास्कको उत्पादन थालेको छ । कोरोना भाइरसको संक्रमण फैलिएसँगै चिनियाँ कम्पनीले यस्तो मास्क उत्पादन थालेको हो ।कोरोनाको जोखिमलाई मध्यनजर गर्दै चिनियाँ मोबाइल कम्पनी शाओमीको स्वामित्व रहेको हुवामीले भाइरस मुक्त मास्क निर्माण गरेको हो । अमेजनफिटको यो सेल्फ डिसइन्फेक्टिङ्ग मास्कको नाम ‘एइरी’ रहेको छ । यो मास्कमा कम्पनीले एक अल्ट्रा भायलेट ९यूभी० लाइट जोडिदिएको छ ।यसमा विद्युत सप्लाइका लागि एउटा प्लग समेत राखिएको छ । उक्त प्लगमा जोडेको १० मिनेटमा सो मास्क अल्ट्रा भाइलेटको माध्यमद्वारा आफैं सफा हुन्छ ।

अल्ट्रा भाइलेट किरणको माध्यमले मास्कको भित्री भाग मात्र सफा हुन्छ । बाहिरी भाग भने स्वयं प्रयोगकर्ताले नै सफा गर्नुपर्ने जनाइएको छ ।यसको व्यावसायिक प्रयोग भने केही समय लाग्ने जनाइएको छ । हुवामीका औद्योगिक डिजाइनका उपाध्यक्ष पेङ्गताओ यूका अनुसार बजारमा आउन ६ देखि १२ महिना लाग्नेछ ।विश्वमा कोरोनाको जोखिम बढ्दै गएपछि विभिन्न प्रकारका मास्क उत्पादन थालिएको छ । विश्व स्वास्थ्य संगठनले कोरोनाको संक्रमण फैलिन नदिन मास्क प्रयोग गर्नुका साथै समय समयमा हात धुन आग्रह गर्दै आएको छ ।कोरोनाको जोखिम बढ्दै गएपछि एन–९५ तथा यो भन्दा पनि गुणस्तरीय मास्कको प्रयोग गर्न समेत सुझाइएको छ ।