पैसा तिरेर स्वेच्छिक रुपमा कोरोना परीक्षण पाइने

प्रकाशित मिति:

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुल्क तिरेर स्वेच्छिक रुपमा कोरोना भाइरस कोभिड–१९ को परीक्षण गर्न दिने निर्णय गरेको छ ।मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाकाअनुसार अब लक्षण नभएका स्वदेशी तथा विदेशी नागरिकले आरडीटीरपीसीआर गर्न पाउनेछन् ।

यसका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड पालना गर्नुका साथै सूचनाको गोपनीयता र नियमित रिपोर्टिङ गर्ने गरी सार्वजनिक स्वास्थ्य संस्थामा सशुल्क परीक्षण गर्न दिने निर्णय भएको उनले बताए ।अनलाईखवर वाट साभार