भिम रावललाई लेखराजको कटाक्ष कुण्ठा पोखेर राष्ट्रवादी भइदैन

प्रकाशित मिति:

काठमाडौँ । उद्योग तथा आपुर्तिमन्त्री लेखराज भट्टले एमसीसी र इन्डोपेसिफीकलाई जोड्नु बुझाइमा कामजोरी भएको टिप्पणी गर्नुभएको छ । उहाँले एमसीसी प्रस्ताव आफुलाई ठिक लागेको र राम्रोसँग नबुझेकाले मात्रै त्यसको विरोध गर्ने गरेको बताउनुभयो । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा कुराकानी गर्दै उहाँले सरकारको नीति तथा कार्यक्रममा एमसीसीको बारेमा उल्लेख नभएको दावी पनि गर्नुभयो । बाटो बनाउने, विद्युत सेवा विस्तार गर्ने योजनामा एमसीसीको गन्ध आयो भन्नु भ्रमण मात्रै भएको उहाँको भनाई छ ।

नेकपाकै अर्का नेता भिम रावलले नीति तथा कार्यक्रममा एमसीसीका कार्यक्रमहरुलाई समेटिएको भन्दै आपत्ति जनाइरहेका बेला भट्टले त्यसको खण्डन गर्नु भएको हो । सुदुरपश्चिमबाट केन्द्रीय राजनीतिमा रहनु भएका भट्टले सुदुरपश्चिमकै अर्का केन्द्रीय नेता रावलप्रति कटाक्ष गर्दै पुर्वाग्रह राखेर राष्ट्रवादी नभइने टिप्पणी गर्नुभयो ।उहाँले केही नेताहरु कुण्ठा र पुर्वाग्रहबाट ग्रसीत भएर आफुलाई राष्ट्रीयतावादी र लोकप्रियतावादी देखाउन खोजेको आरोप पनि लगाउनुभयो । उहाँले प्रतिप्रश्न गर्नुभयो, ‘मोटर ल्याउने तर बाटो नबनाउने भन्ने हुन्छ र ?  रेडीयो एनआरएन वाट साभार