थप २७ सङ्क्रमित, सङ्क्रमितको सङ्ख्या ४०२ पुग्यो

६ जेष्ठ २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया
87 Shares


काठमाडौँ, जेठ ६ गते । नेपालमा कोरोना भाइरसबाट थप २७ सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या ४०२ पुगेको स्वास्थ्य तथा जनसंख्मया मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिनुभएको हो । थप २७ संक्रमितमा २४ पुरुष र ३ महिलालाई संक्रमित भएको छ ।

काठमाडौँमा थप तीन, भक्तपुर एक र ललितपुरमा पहिलो पटक एकजनालाई सङ्क्रमण पुष्टि भएको छ ।यसैगरी, झापा ९, कपिलवस्तु ४, सर्लाही २, मोरङ १, सुनसरी १, रामेछाप १, मकवानपुर १ , सिन्धुली १, लमजुङ १ र नवलपरासीमा १ संक्रमित भएका छन् । अहिलसेम्म ३६ वटा जिल्लामा संक्रमण देखिएको छ ।काठमाडौँ उपत्यकामा मात्रै २० हजार २३६ वटा आरडीटी र एक हजार १९ वटा पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया