लक्ष्मी युथ क्लब गठन

६ जेष्ठ २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया
22 Shares


६ जेठ, बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ४ लक्ष्मीनगरमा रहेका युवाहरुद्धारा नया क्लब गठन गरेका छन । लक्ष्मीनगरको बिकाशका लागि लक्ष्मीनगरमा रहेका सबै युवाहरु एकजुट भइ लक्ष्मी युथ क्लबको गठन गरेका हुन । बुटवल उपमहानगरपालिका वडा न. ४ वडा कार्यालय संरक्षक रहने गरी क्लबको गठन गरीएको हो ।लक्ष्मीनगर बासीका युवा तथा व्यावसायी राम कुमार श्रेष्ठ अध्यक्ष उपाध्यक्षमा पुकार थापा सचिवमा इश्वरलाल चुके सहसचिव नविन थापा कोषाध्यक्ष अमृत कुमार थापा सदस्यहरु रबिन कुमार श्रेष्ठ र प्रमित थापा रहने गरी ७ सदस्यीय कार्यसमिती गठन गरिएको हो ।

त्यसैगरी क्लबको बरिष्ठ सल्लाहकारमा वडा नं ४ का वडा अध्यक्ष टंक पराजुली रहनुहुने गरी ४ जना सल्लाहकार मनोनयन गरिएको क्लबका अध्यक्ष राम कुमार श्रेष्ठले बताउनुभयो जसमा गिर बहादुर केसी, बाबुराम ढकाल, खेम श्रीस र सुरेश नेपाल रहनुभएको छ । त्यस्तै प्रेस सल्लाहकारमा दिनेश कुमार श्रेष्ठलाइ प्रस्ताव गरीएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । लकडाउनको पूर्ण पालना गर्दै क्लब गठन कार्यक्रममा २० जना युवाहरु मात्रै सहभागी भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया