कन्ट्याक ट्रेसिङमा संलग्न डाक्टरलाई पनि कोरोना संक्रमण

प्रकाशित मिति:

काठमाडौं । कोरोना भाइरस कोभिड–१९ संक्रमितको कन्ट्याक ट्रेसिङमा संलग्न एक चिकित्सकमा पनि संक्रमण देखिएको छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडी का एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मंगलबार थपिएका २७ संक्रमितमध्ये ललितपुरका एक थिए । उनी तिनै डाक्टर हुन् । स्रोतका अनुसार, उनी कपिलवस्तुका कोरोना संक्रमितहरुको कन्ट्याक ट्रेसिङ गर्न गएका थिए । त्यही क्रममा आफैं संक्रमित भएको हुनसक्ने बताइएको छ ।नेपालमा चिकित्सक संक्रमित भएको यो पहिलोपटक हो । यसअघि कोरोना संक्रमितको उपचारमा संक्रमित नर्सलाई संक्रमण भएको थियो ।