साइबर आक्रमणपछि बन्द भए युरोपका सुपर कम्प्युटर

६ जेष्ठ २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया
16 Shares


युरोप महादेशका विभिन्न मुलुकमा रहेका कम्तीमा एक दर्जन सुपर कम्प्युटरहरू बन्द भएका छन् । साइबर आक्रमणमार्फत ह्याकरहरूले कब्जा जमाउने प्रयास गरेसँगै सुपर कम्प्युटर बन्द भएका हुन् । अन्तर युरोपेली सुपर कम्प्युटिङ ग्रुपका अनुसार, क्रिप्टोकरेन्सी खोज्ने प्रयोजनका लागि सुपर कम्प्युटरहरू माथि साइबर आक्रमण गरिएको थियो । गत मे ११ मा एडिनबर्ग विश्वविद्यालयमा रहेको आर्चर सुपर कम्प्युटरमाथि साइबर आक्रमण भएको थियो । जसका कारण उक्त कम्प्युटर निष्क्रिय बनेको थियो ।

त्यस्तै सोही दिन जर्मनका विभिन्न पाँचवटा सुपर कम्प्युटरहरूमाथि साइबर आक्रमण भएर बन्द भएका थिए ।त्यसयता जर्मनीका थप सुपर कम्प्युटरसँगै स्विजरल्याण्ड तथा स्पेनका सुपर कम्प्युटरमाथि समेत ह्याकरहरूले हमला गरेका छन् ।कोरोना भाइरस महामारीसम्बन्धी मोडलिङ गर्ने टुल इन्स्टल भएको उक्त सुपर कम्प्युटरलाई पूर्ववत् रूपमा सञ्चालनका लागि बेलायतको नेसनल साइबर सेक्योरिटी केन्द्रसँगको सहकार्यमा काम भइरहेको विश्वविद्यालयले जनाएको छ ।विश्वविद्यालयका अनुसार, सुपर कम्प्युटरमाथिको उक्त आक्रमण अहिले विद्वत समुदायमा सबैभन्दा ठूलो घटना बनिरहेको छ ।

बेलायतलगायत अन्य युरोपेली मुलुकका कैयौं कम्प्युटरहरूमाथि साइबर आक्रमण भएको छ ।बेलायतको नेसनल साइबर सेक्योरिटी केन्द्रले आफूहरू उक्त घटनाप्रति जानकार रहेको भन्दै साइबर हमलाबाट प्रभावित कम्प्युटरहरूलाई आवश्यक सहयोग उपलब्ध गराइरहेको जनाएको छ ।ह्याकरहरूले सुपर कम्प्युटरको सेक्योर शेल एसएसएच कनेक्सन प्रणालीलाई कब्जामा लिई सुपर कम्प्युटरमाथि हमला गरेका थिए । एसएसएच यस्तो प्रणाली हो, जसलाई प्राज्ञिक अनुसन्धाताहरूले सुपर कम्प्युटरको सिस्टममा टाढै रहेर लगइन गर्नका लागि प्रयोग गर्दछन् ।सुपर कम्प्युटरको सिस्टममा छिरेसँगै ह्याकरहरूले क्रिप्टोकरेन्सी माइनिङ भाइरसको प्रयोग गरेका थिए ।युरोपियन ग्रुप इन्फ्रास्ट्रक्चर फाउन्डेसनका अनुसार ह्याकरहरूले सीपीयू माइनिङका लागि प्राज्ञिक डाटा सेन्टरका सुपर कम्प्युटरलाई निसाना बनाइरहेका छन् ।बीबीसी

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बन्दबन्दीको समयमा ईट्टा उद्योगका मजदुरहरुलाई खाद्यान्न वितरण
  • कपिलबस्तुमा प्रदेश सांसद द्वारा भक्तजन प्रतिक्षलयको शिलन्यास !
  • शिव माविले पुर्यायो विद्यार्थीका घरआँगनमै पुस्तक
  • सिसहनियाँ उद्योग बाणिज्य संघको सरकारको पछिल्लो निर्णयले ध्यानाकर्षण
  • राजनिती छबी बनाउन राहत बितरण गरेको छैन: अभियान्ता चौधरी
  • समाजबादी सरकारको शैक्षिक व्यापारिकरण
  • नेपाल रेडक्रस सोसाइटी पञ्चनगर उपशाखाद्धारा रक्तदान सम्पन्न
  • कालिगण्डकी गाउँपालिकामा १८ वर्षिय पुरुष कोरोना संक्रमित
  • रूकुममा वडाध्यक्षको नेतृत्वमा प्रहरी चौकी तोडफोड
  • गाउँ फर्केका युवालाई लघुवित्त बैंकबाट पूँजी दिलाउन सुझाव