अमेरिकी कम्पनीले भन्यो कोरोनाविरुद्धको खोपको परीक्षण सफल भयो

६ जेष्ठ २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया
36 Shares


६ जेठ, काठमाडौं । एक अमेरिकी कम्पनीले कोरोना भाइरस ९कोभिड–१९० को खोपको मानिसमा गरिएको परीक्षण सफल भएको दाबी गरेको छ । अमेरिकाको बायोटेक्नोलोजी कम्पनी मोडर्नाले सबैभन्दा पहिला परीक्षण गरिएका आठ जना मानिसमा कोरोना भाइरसलाई मार्न सक्ने एन्टिबडी विकास भएको पाइएको बताएको छ ।

कम्पनीले अनुसन्धानमा सहभागी मानिसमा प्रतिरक्षा प्रतिक्रिया वास्तविकरुपमा कोभिड–१९ बाट संक्रमित मानिस बराबर पाइएको थियो । वास्तवमा नै यो खोप कोरोना भाइरसको संक्रमण रोक्न फलदायी हुने वा नहुने भन्ने सुनिश्चित गर्न अझै धेरै मानिसहरुमा आगामी जुलाई महिनामा यसको परीक्षण हुने अपेक्षा छ । अहिले विश्वभर कोरोना भाइरसको खोप निर्माणको काम अभूतपूर्व गतिमा भइरहेको छ ।

अहिले विश्वभरका ८० समूह कोरोना भाइरसको खोप निर्माणको लागि काम गरिरहेका छन् ।खोप तयार भएपछि अधिकांश मानिसको प्रतिरक्षा प्रणालीलाई कोेरोना भाइरससँग लड्न सक्ने बनाउन सकिने अपेक्षा छ । जसको कारण कोरोना भाइरसको कारण मानिस बिरामी पर्दैैनन् । साथै लकडाउनलाई पनि सुरक्षितरुपमा हटाउन सकिन्छ । स्रोत बीबीसी

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • नेविसंघ महामन्त्री युवराज पाण्डेयले मागे गृहमन्त्री बादलको राजीनामा
  • उद्योग बाणिज्य संघले आफ्ना सदस्य ब्यबसायीहरुको नि:शुल्क कोरोना विमा गर्ने
  • भीरकोट नगरपालिकामा २८ हप्ते आईपिएम कृषक पाठशाला सम्पन्न
  • मिडिया मैत्री बजेट आएन
  • मुलुकमा बढ्दै गईरहेको जातीय बिभेद बिरुद्ध धकधईका युवा
  • अस्पतालको लापरबाहीले सिरहामा एक महिलाको ज्यान गयो
  • कञ्चनमा निर्माणाधिन स्थलमा शौचालय नहुदा कामदारहरु खुल्ला दिसा गर्न बाध्य
  • बजेटले संस्थागत शिक्षालयलाई उपेक्षा गर्याे : शिक्षाविद
  • दोश्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा मन्त्रीद्धारा शुभकामना व्यक्त
  • रुकुम र देवदह घटनाको छानवीन गर्न समाजवादीको माग