स्याङ्जाली मन्त्री पद्यमा अर्याललाई मुम्बईबाट स्याङ्जाकै शालिकरामको अपिल

प्रकाशित मिति:

श्री माननीय मन्त्री तथा आदरणीय पद्यमा दिदी । हजुरसँग बिनम्र अनुरोध गर्दछु की हामी स्याङ्जाको गल्याङ नगरपालिकाका ८० जना जति वासिन्दा भारतको मुम्बैईमा अल्पत्र अवस्थामा छौँ । आज एक हप्ता भो दिदी हामी बिस्कुटको भरमा बाँचेका छौ । म हजुरको लागि गित गाएर हिडेको ब्यक्ति हुँ । तर दिदी आज हार गुहार केही पाईएको छैन । तपाईत केन्द्रीय मन्त्री र हाम्रो सांसद पनि हो । तपाईले केन्द्रबाट पहल गरिदिनु भयो भने हामीलाई बाटो खुल्छ भन्नेमा हामी पूर्ण विश्वस्त छौँ । यदी तपाईले पर्याप्त चासो दिनु भएन र हाम्रो गल्याङ नगरपालिकाले पनि घर ल्याउने प्रतिक्रिया मिलाएन भने हामी यहि मर्न बाध्य हुनेछौ ।

काठमाण्डौ भन्दा सानो सहर मुम्बैईमै ३५ हजार बिरामी भएका छन् । कयौँ मरेका पनि छन् । आगामी दिनमा मर्ने पालो हाम्रो पनि नआउला भन्न सकिन्न । हजुरको अनुमति र पहलबाट गल्याङका मेयर श्री भुपराज अधिकारीज्यूलाई पनि हाम्रो उद्धारका लागि प्रक्रिया अगाडी बढोस् भन्ने कामना गर्दछौँ । दिदी यदि अवको दश दिन भित्रमा हामी नेपाल आउन पाईएन भने हाम्रो खाने, बस्ने र बाँच्ने ठेगान हुदैन । त्यसैले दिदीले हाम्रो कुरालाई मनन गरी हामीलाई उद्धार गरिदिनुहुनेछ भन्ने आशाको त्यान्त्रो पालेर प्रतिक्ष गरिरहेका छौँ ।   धन्यवाद ।अनुरोधकतपाईको शुवेच्छुक भाई  शालिकराम भण्डारी   हाल भारतको मुम्बईबाट  नेपालमा स्याङ्जाको गल्याङ नगरपालिका ९, आँपचौर ।