काँग्रेस प्रवक्ताको प्रश्न ‘नेकपाका कार्यकर्ताको हातमा बन्दुक कसरी पुग्यो ?’

प्रकाशित मिति:

काठमाडौं । सर्लाहीको क्षेत्र नं. ४ स्थित रामनगर गाउँपालिका वडा नं। ४ मा मंगलबार बिहान नेकपाका कार्यकर्ताले हतियार सहित आक्रमण गर्दा नेपाली काँग्रेसका कार्यकर्ता रामविलास महतो मारिएको घटनापछि प्रति प्रश्न गर्दै नेपाली काँग्रेसका प्रवक्ता बिश्व प्रकाश शर्माले कम्युनिस्ट पार्टी सरकारमा रहेका बेला कार्यकर्ताको हातमा बन्दुक कहाँबाट पुग्दैछ र? भन्दै प्रश्न गरेका छन् ।

प्रवक्ता शर्माले सामाजिक सञ्जाल ट्विटरमा हेलो सरकारलाई मेनसन गर्दै, रोल्पामा रोहित पुन पछि सर्लाहीमा आज अर्का कांग्रेस कार्यकर्ता रामविलास महतो मारिएको घटनाको तिब्र विरोध गर्दछु १ सशस्त्र द्वन्द्वका बेला अलग कुरा थियो । तर, कम्युनिस्ट पार्टी सरकारमा रहेका बेला कार्यकर्ताको हातमा बन्दुक कहाँबाट पुग्दैछ ? हेलो सरकार यो ग्रेडको शान्तिसुरक्षा ? लेखेका छन् ।

आज बिहान ७ वजे नेकपाका कार्यकर्ताहरु एक्कासी २ सयको संख्यामा आएर कुटपिट तथा गोली चलाउँदा वडा नं. ४ का वडा अध्यक्ष राम नरेश महतोको काका ५५ वर्षीय राम बिलास महतोको मुख र पेटमा गोली लागि घटनास्थलमै ज्यान गएको थियो ।