कोरोनाका कारण ब्रम्हचुलीमाई संरक्षणमा जुटे नामजुड्डका युवा

७ जेष्ठ २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया
5 Shares


गोर्खा । कोरोना भाइसरले विश्व आक्रान्त बनिरहंदा गाउं फिरेका गोर्खाका युवाहरु भने गाउंको सरंरक्षणमा लागि परेका छन् । गोर्खा शहिद लखन गाउंपालिका वडा नम्बर ९ नामजुड्डका युवाहरु पर्यटकिय प्रबद्धन र संरक्षणमा जुटेका हुन् । ऐतिहासिक पुरातात्विक महत्व बोकेर पनि ओझेलमा परेको बर्चुलीमाई मन्दिरको संरक्षणमा जुटेको एक युवा बताउछन् । लामो सकय शहर फिरेका युवाहरुले आफ्नै गाउंको ईतिहास दर्शाउने मन्दिर ओझेलमा परेसगैं भंग्नावशेषको रुपमा परिणत हुन थालेपछि युवाहरु चिन्तित हुंदै संरक्षणमा लागि परेका हुन् । युवाहरुले ९ सदस्यीय कार्यसमिति बनाएर संरक्षण र प्रर्वद्धनमा काम अघि बढाएको संयोजक दिपक ढकालले जानकारी दिनुभयो ।

सानै हुदां देखि नै मन्दिर संरक्षणका कुरा सुनिएता पनि खासै ठोस काम नभएको उहांको गुनासो छ । ईतिहास र पहिचान नै मेटिने होकी भन्ने लागेर युवाहरु जुटेको संयोजक ढकालको भनाई छ । जंगलको बिच भागमा रहेको सो मन्दिर अहिले युवाहरुको दुव्यसनको थलो बन्न बनेको छ भने नजिकका स्थानियले शौंचालयको रुपमा जंगललाई प्रयोग गर्ने गरेको संयोजकको भनाई छ । यि र यस्ता खालका प्रवृत्तिले गर्दा गाउंमा नैरास्यता छाएसंगैं गाउंमा जम्मा भएका युवाहरुले कोरोनाको समयलाई अवसरको रुपमा मन्दिर संरक्षणमा लाग्ने बताएका हुन् । युवाहरु जुरमुराएसंगैं अहिले सरसफाई, गोलघर निमार्ण, देखि अन्य भौतिक निमार्णका कामहरु भैरहेका छन् ।

समूहमा मिलेर काम अगाडी बढेकाले स्थानियहरुको सहयोगले यो सबै सम्भव भएको समितिका सदस्य धु्रव वि।कले बताएका छन् । योजनाहरु धेरै रहेको बताउंदै सदस्य वि।कले आर्थिक अभाव रहेको बताउनुभयो । समितिले सो मन्दिर संरक्षण र प्रर्वद्धनका लागि स्थानिय निकाय र जनप्रतिनिधिको ध्यानाकर्षण गराएको जनाएको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण सो क्षेत्रमा सचेतना नहुंदा पर्यटकिय गतिविधि फष्टाउन नसकेको भन्दै प्रचार प्रसारमा समेत युवाहरु लागेका छन् । समयको सदुपयोग गर्दै चाडवाड अगावै जम्मा भएका युवाहरु यसरी लागेमा गाउंको मुहार फेर्न समय नलाग्ने स्थानिय मुक्ति प्रसाद लामिछिानेले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया