बीमा कम्पनीका ऋणीले ब्याज रकमको १५ प्रतिशत छुट पाउने

७ जेष्ठ २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया
13 Shares


काठमाडौं । बीमा कम्पनीहरुबाट ऋण लिएका ऋणीहरुले ब्याजको १५ प्रतिशत छुट पाउने भएक छन् । बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले बुधबार एक निर्देशन जारी गर्दै ऋणीलाई ब्याजको १५ प्रतिशतले हुन आउने रकम छुट दिन निर्देशन दिएको हो । बैंक तथा वित्तीइ संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले ब्याजदर नै २ प्रतिशत छुट दिन भनेको छ भने चैतमा तिर्ने ऋणको किस्ता तथा ब्याज असार मसान्तमा तिरे पनि हुने व्यवस्था गरेको छ ।

बैंकमा चैतमा तिर्नु पर्ने ऋण चैतमै तिरेको अवस्थामा भने १० प्रतिशत छुट हुनेछ । बीमा समितिले भने लकडाउन सकिएको एक महिनाभित्रमा ऋण तिर्दा ब्याजको १५ प्रतिशत छुट दिने भएको हो । यो तत्कालै कार्यान्यनमा जाने बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंले बताए ।बीमा लेख धितोमा राखी बीमा कम्पनीहरुले बिमितहरुलाई ऋण दिने गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • नेविसंघ महामन्त्री युवराज पाण्डेयले मागे गृहमन्त्री बादलको राजीनामा
  • उद्योग बाणिज्य संघले आफ्ना सदस्य ब्यबसायीहरुको नि:शुल्क कोरोना विमा गर्ने
  • भीरकोट नगरपालिकामा २८ हप्ते आईपिएम कृषक पाठशाला सम्पन्न
  • मिडिया मैत्री बजेट आएन
  • मुलुकमा बढ्दै गईरहेको जातीय बिभेद बिरुद्ध धकधईका युवा
  • अस्पतालको लापरबाहीले सिरहामा एक महिलाको ज्यान गयो
  • कञ्चनमा निर्माणाधिन स्थलमा शौचालय नहुदा कामदारहरु खुल्ला दिसा गर्न बाध्य
  • बजेटले संस्थागत शिक्षालयलाई उपेक्षा गर्याे : शिक्षाविद
  • दोश्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा मन्त्रीद्धारा शुभकामना व्यक्त
  • रुकुम र देवदह घटनाको छानवीन गर्न समाजवादीको माग