पिपलको पूजा गर्दा मिल्ने पाँच चामत्कारिक लाभ

७ जेष्ठ २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया
3K Shares


पिपल बहुउपयोगी वनस्पति हो । सबैभन्दा धेरै अक्सिजन उत्पादन गर्ने पिपल वैज्ञानिक रुपमा जति उपयोगी मानिन्छ धार्मिक रुपमा पनि त्यतिकै महत्वपूर्ण छ । अथर्ववेदको उपवेद आयुर्वेदमा पनि धेरै रोगको उपचार गर्न पिपल उपयोगी हुने वर्णन गरिएको छ । औषधीय गुणहरुको कारणले पिपलको रुखलाई ‘कपवृक्ष’ भनिन्छ । यसको बोक्रा, पात, फलफुल, बीउ आदी सबै पिपलको तत्वहरु सबै प्रकारका बिरामीको लागि उपचारमा प्रयोग गर्न सकिन्छ । हिन्दु धर्ममा पिपललाई अमृततुल्य मानिएको छ । यसमा धेरै अक्सिजना हुने हुनाले प्राणवायुको भण्डारण भन्ने पनि गरिन्छ । पिपलको पातलाई सिरानमुनि राखेर सुत्दा अक्सिजनाको कमी नहुने विश्वास गरिन्छ ।

पिपलको छायाँमा स्वस्थ अक्सिजन प्राप्त गर्न सकिन्छ । यसले वातावरणलाई सन्तुलनमा राखि मानसिक शान्ति पनि दिन्छ ।स्कन्द पुराणमा वर्णन गरिए अनुसार पिपलको रुखमा सबै भगवानहरु वास बस्छन् । हरेक मंगलबार पिपलको रुखमा पानी चढाएर ३ पटक फेरो लगाउदा गरिबी, शोक र दुर्भाग्य हट्न सक्छ । अश्रत्थ व्रत गर्दा कन्यालाई सौभाग्य प्राप्ति हुन्छ ।शनिबार पिपलको रुखमा पूजा गरेर कालो तिलको साथमा रायोको तेलको दियो बालेर सात पटक परिक्रमा गर्दा शनिको कष्ट कम हुन्छ । साउन महिनाको शनिबार पिपलको रुखमुनि हनुमानको पूजा गर्दा सबै प्रकारको संकटबाट छुटकारा पाउन सकिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बन्दबन्दीको समयमा ईट्टा उद्योगका मजदुरहरुलाई खाद्यान्न वितरण
  • कपिलबस्तुमा प्रदेश सांसद द्वारा भक्तजन प्रतिक्षलयको शिलन्यास !
  • शिव माविले पुर्यायो विद्यार्थीका घरआँगनमै पुस्तक
  • सिसहनियाँ उद्योग बाणिज्य संघको सरकारको पछिल्लो निर्णयले ध्यानाकर्षण
  • राजनिती छबी बनाउन राहत बितरण गरेको छैन: अभियान्ता चौधरी
  • समाजबादी सरकारको शैक्षिक व्यापारिकरण
  • नेपाल रेडक्रस सोसाइटी पञ्चनगर उपशाखाद्धारा रक्तदान सम्पन्न
  • कालिगण्डकी गाउँपालिकामा १८ वर्षिय पुरुष कोरोना संक्रमित
  • रूकुममा वडाध्यक्षको नेतृत्वमा प्रहरी चौकी तोडफोड
  • गाउँ फर्केका युवालाई लघुवित्त बैंकबाट पूँजी दिलाउन सुझाव