तिलोत्तमा मिडिया क्लवले ग¥यो पत्रकारहरुको कोरोना बीमा

प्रकाशित मिति:

तिलोत्तमा, ८ जेठ – तिलोत्तमा मिडिया क्लब रुपन्देहीले तिलोत्तमा नगर क्षेत्रमा क्रियाशिल पत्रकारका लागि कोरोना बीमा गरेको छ । अजोड इन्सुरेन्स कम्पनीसँग क्लबमा आवद्ध सबै पत्रकारहरुको कोरोना बीमा गरिएको क्लवका अध्यक्ष लक्ष्मण पौडेलले जानकारी दिए ।
क्लवले यसका लागि तिलोत्तमा नगरपालिकासँग सहकार्य गरी कोरोना बीमाको प्रक्रिया अघि बढाएको थियोे । कोरोना भाइरसको महामारीका बेला पत्रकारहरुले अग्रभागमा रहेर काम गर्ने र उनीहरुमा संक्रमणको जोखिम हुन सक्ने अवस्थालाई मध्यनज गर्दै कोरोना बीमा गरिएकोे उपाध्यक्ष बीपी गौतमले बताए ।

बीमा गरेको १५ दिनपछि कुनै पत्रकारलाई कोरोना संक्रमण भेटिएमा बीमा कम्पनीले एक लाख दिने कम्पनीका भैरहवा शाखा प्रवन्धक प्रकाश शर्माले बताए । कोरोना परीक्षणमा गर्दा पिसिआर माध्यमबाट गराएको रिपोर्टका आधारमा बीमा रकम दावी गरेको अवस्थामा इन्सुरेन्स कम्पनीले रकम भुक्तान गर्ने कम्पनीले जानकारी दिएको छ । “बीमाको अवधि एक वर्ष हुनेछ । बीमा गरेका कसैलाई १५ दिनपछि कोरोना (पीसीआर परीक्षण) पोजिटिभ देखिएको अवस्थामा बीमा रकम प्राप्त गर्न सकिनेछ”–शर्माले भने ।  जोखिमपूर्ण पत्रकारिता गर्ने दौरानमा पत्रकारलाई अझ जिम्मेवार भएर अगाडि बढ्न हौसला थप्ने गरी बीमा गरिएको क्लवका सचिव टिआर शर्माले बताए ।