नेपालमा कोरोना संक्रमणबाट तेस्रो ब्यक्तिको मृत्यु

प्रकाशित मिति:

काठमाडौं, जेठ ८ स् नेपालमा कोरोना भाइरस संक्रमणबाट तेस्रो ब्यक्तिको मृत्यु भएको छ । रुपन्देहीको मणिग्रामस्थित क्रिसमन अस्पतालमा उपचार गराईरहेका गुल्मीका ४१ बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो।  एक सातादेखि अस्पतालमा उपचार गराईरहेका उनको आज बिहान ७ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । उहाँ क्रिमसन अस्पतालमा आइसियुमा उपचाररत हुनुहुन्थ्यो। उहाँमा कोभिड–१९ पोजेटिभ थियो। आज विहान ७ बजेर १० मिनेटमा निधन भएको छ

स्वास्थ्य अवस्था नाजुक भएका कारण अस्पतालले उनलाई भेन्टिलेटरमा राखेर उपचार गराइरहेको थियो । वुधबार एकाएक उनको मृत्यु भएको समाचार बाहिरिएपनि अस्पताल प्रशासनले बिज्ञप्ति जारी गर्दै मृत्यु नभएको जनाएको थियो ।त जेठ १ गते उनी अस्पतालमा भर्ना भएका थिए । २ गते उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । यो समाचार तयार पार्दासम्म नेपालमा ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४५ जना उपचार पश्चात घर फर्केका छन् ।