मुग्लानी बुवालाइ छोरीको मर्मस्पर्शी पत्र

प्रकाशित मिति:

पुज्यनीय बाबा, हजुर प्रदेसिएको पनि बर्षौ पुगेछ । दिनरात महिना हुँदै कति बर्ष पुगेछ पत्तो नै भएन । आज गन्दै जादा समयले नेटो काटेछ, यो बीचमा जिन्दगीमा थुप्रै उतारचढावहरु आए तर ती उतारचढावहरुलाइ बसेर कहिल्यै हिसाब गर्ने मौका मिलेको थिएन तर आज यो लकडाउनले गर्दा जिन्दगीलाई नजिकबाट हेर्न र बिस्लेशण गर्न पाएकी छु । बाबा हजुर हामिलाइ छोडेर प्रदेशिको बाटो रोजेको कैयौं बर्ष पुगेछ, हजुरले हामिलाइ छोडेर जादा सानै थियौ म माथिको दाइ थियो उ ठुलो नै भैसकेको थियो तर हाम्री कान्छी बहिनि अलिअलि बुझ्ने मात्र भएकि थिइ । आमाले जसोतसो गरेर हामिलाइ हुर्काउनु भयो । थाहा थिएन हजुर बिदेस जादाको अनुभव कस्तो हुन्छ भनेर? त्यतिबेला लागेको थियो हाम्रो बाबा बिदेस जानुभएको छ मिठोमिठो खानेकुरा ल्याइदिनु हुन्छ, राम्राराम्रा कपडा ल्याइदिनुहुन्छ भनेर खुसी पनि लाग्यो किनकि त्यतिबेला मेरो बालमस्तिष्कले सोच्ने नै त्यही हो । हजुर बिदेसिनु भन्दा अगाडि देखिनै मामाघर बसेकी म खासै कुनै कुराको अभाव भएन किनकि बुवाको माया र आमाको काख मेरो हजुरबुवा र हजुरआमाले पूरा गर्नु भएकोथियो तरपनि कहिले काहीँ खल्लो महसुस हुने गर्थ्यो हजुरको काखमा खेल्न नपाउदा ।

बाबा हजुर साच्चैनै प्रदेसी हुनुभयो हजुर प्रदेसी हुँदैगर्दा यता मेरी आमाको जवानी रित्तियो अनि हामी छोराछोरिको बालापन, बाबा हजुरले यो सबै महसुसनै गर्न पाउनु भएन न त हामिलाइ गाली गर्न न त हामी रुदा फकाउन न त हामिलाइ मायाले सुम्सुम्याउन, अह केही गर्न पाउनु भएन हामी कति अभागी छोराछोरी हजुर बिदेसमै बस्दै गर्दा हामी कति छिटो ठुलो भैस्क्यौ पत्तो नै पाएनौ । बाबा हजुरले हाम्रो खुसिको लागि आफ्नो खुसिलाई वेवास्ता गरिदिनुभयो । हाम्रो सपना पूरा गर्दागर्दै हजुरको पनि जवानी रित्तियो । अहिले आएर लाग्छ बाबु हजुर बिदेश जानेबेलामा म अहिले जस्तो ठुली र बुझ्ने भएकी भए जान दिदैनथे । तर के गर्नु समयको खेल र त्यतिबेलाको परिस्थिति त्यस्तै नै थियो हजुर बिदेसिनु बाहेक अरु बिकल्प नै रहेनछ । एकातिर साहुको ऋण अनि अर्कोतिर हाम्री आमाको शरिरको चोली फेर्ने रहर अनि हामी सन्तानको भबिस्य, यी सब परिस्थितिले गर्दा हजुरलाइ विदेशीन बाध्य बनायो । साहुको ऋण पनि चुक्ता गर्नुभो, श्रीमतीको रहर अनि हामी छोराछोरि पढेर ठुलो भएको हेर्ने रहर र हाम्रा सपनाहरु सबै त्यही बिदेशमै बसेर पूरा गर्नुभयो अनि एउटा सुन्दर घर सुखी र खुसी परिवार बनाउने, हजुरको ती इच्छाहरु पूरा भए तर यी सबै इच्छाहरु पूरा गर्दैगर्दा अरु कैयौं इच्छाहरु थिए ती सबै बिलिन भए ।

हजुरकी छोरी ठुली भैसकी, उसको बिहेमा उसलाई कन्यादान गरेर डोलि चढाएर पठाउने रहर अपुरो अनि अधुरो रह्या,े के गर्नु ? त्यो पापी प्रदेशबाट हजुर आउनै पाउनु भएन । हजुरले सधै हामिलाइ भन्ने गर्नुहुन्थ्यो, जबसम्म म यहाँ बिदेशमा छु तिमिहरुले चिन्ता नलिग म तिमिहरुका सम्पुर्ण इच्छाहरु पूरा गर्नेछु र हजुरले त्यो सबै गर्नु भयो । म संसारकै त्यो भाग्यमानी छोरी मध्ये एक हुम। जसले हजुर जस्तो बाबा पाए जसमा शालिनता, धैर्यता र जस्तोसुकै परिस्थितिमा पनि सजिलै जुध्नसक्ने हिम्मत राख्नुहुन्छ । हाम्रो खुसीको लागि आफ्नो खुसीलाई बलि चढाउनु भएको छ त्यहि मुग्ंलान । एउटा छोरा हुदाहुदै अर्को छोराको आसमा जन्मिएकी हाम्री कान्छी बहिनी अहिले ठुलि भैसकेकी छ उ पनि छोरा भन्दा कम छैने, उसले हजुर नहुदा कैयौं पटक आमाको अाँखाको आँसु पुछेकी छ, आमाको सुख दुःखमा उसैले साथ दिएकी छ ।
बाबा हिजो टाढिएका आफान्तहरु आज नजिएका छन। हिजो हामिलाइ बेवास्ता गर्नेहरु आज सन्चोबिसन्चो सोध्नतम्सिछ्न । त्यसैले त भन्ने गर्छन “सबैले बलेको मात्र आगो ताप्छन“भनेर, हिजो एक रुपैयाँ ऋण नपत्याउनेहरु आज हामी सङै आउछन ऋण माग्न । हिजो हामिलाइ देखेर मुन्टो बटार्नेहरु आज लाजले भुतुक्क हुन्छन ।  सबै सपनाहरु पूरा गरेर हजुर घर आउने दिन गनेर बसेका हामी छोराछोरी फेरि चिन्तित भएका छौ । यो कोरोनाले गर्दा बिश्वब्यापी रुपमा फैलिएको समयमा हजुर बिरामी एक्लै हुनुहुन्छ । बाहिर कर्फ्यु लागेको छ खानलाइ औसधि छैन त्यहा । यता मन भतभती पोलिरहेको छ दिनरात कटाउन मुस्किल परेको छ । हजुरको मलिन अनुहार देखेर न त दिन राम्रो सँंग बितेको छ न त रात नै ।
त्यसैले हिजो सम्म नबुझेको प्रवासी जिवन बल्ल आज आएर बुझेकी छु । कहिलेकाही मैले जिस्किएर बाबा हजुर एक्लै हुनुभयो बिदेसमा दाइलाइ पनि पठाउ है भन्दा हजुरले गाली गर्नुहुन्थ्यो मलाइ अनि बाबा म क्ष्भ्ीत्क् पढ्दैछु अब बिदेस जाने हो भन्दा हजुरले भन्नू भएको थियो । छोरी तिमी भोलि देखि क्ष्भ्ीत्क् को क्लास लिन नजाउ है भनेर । त्यतिबेला हजुर मेरो इच्छा बिपरित विदेश जानूभयो जस्तो लागेको थियो। तर म गलत रहेछु त्यो कुरा बल्ल आज आएर बुझेकी छु किन रहेछ भनेर ? हजुरले भन्नूहुन्थ्यो यहाँ आफ्नोपन हुदैन कसैले कसैलाई हेर्दैन बिरामी पर्दा तातो पानी तताएर खानदिने मान्छे हुदैन, त्यसैले मैले भोगेको प्रदेसी जीवन जिउन मेरो सन्तानलाई दिन सक्दीन भन्नुहुन्थ्यो । कति महान हुनुहुन्छ, हजुर आफुले भोगेको पिडा आफ्नो सन्तानले नभोगुन भन्ने चाहाना छ । आज हजुर एक्लै हुदा त्यो पिडा मैले महसुस गरेकी छु ।
बाबा जिन्दगीका तितामिठा अनुभव र आजसम्म भोगेका सुख दुःखका कुराहरु हजुरसंगै नहुदाको अभाव सुनाउन मन छ, हजुर फर्किएपछि धितनमरुन्जेलसम्म रुन मन छ, केटाकेटी जस्तो गरेर रमाउन मन छ, हजुरको काखमा। जिन्दगीमा धेरै इच्छाहरु थिए तर आज आएर एउटा मात्र इच्छा छ त्यो हो हजुर घर फर्कने दिन ।बाबा अब हजुरको प्रदेशको बसाइ यो कोरोना साम्य नहुदासम्म र अन्तरास्ट्रिय उडान नखुल्दासम्म मात्र हो त्यसपछि हजुरले प्रदेसीजीवन जिउनु पर्नेछैन। हिजो हजुर प्रदेसिनु पर्यो किनकि त्यतिबेला छोराछोरी साना र नबुझ्ने थिए । त्यसैले उनीहरुको जिम्मेवारी हजुरको काधमा थियो तर आज ठुलो भैसकेकाछौ । बुबा हजुरको र आमाको जिम्मेवारी आफै लिनसक्ने भएका छौ । त्यसैले अब धेरै दुख गर्नु पर्नेछैन प्रदेसमा ।आशा छ यो कोरोनाको महामारी छिटो अन्त्य होस र प्रदेसिएका सबैका बाबाहरु सकुशल आफ्नो देश फर्कन पाए देखि म जस्तै आसा बोकेका सबै सन्तानहरु ढुक्कसँग बस्न पाउथ्यौ ।
उहीँ हजुरलाई धेरै माया गर्ने छोरी सम्झना  ब्ुाटवल, रुपन्देही