पाल्पाको बाटोमा गुणस्तरहिन कालोपत्रे

प्रकाशित मिति:

पाल्पाको सदरमुकाम तानसेनको सेन क्यापितानिय विद्यालय देखि बसन्तपुर हुर्दै कैलाशनगर , बतासेडाडा जोड्ने मोटरबाटो निर्माण्को क्रममा गुणस्तरहीन सामाग्री भएको कारण गुणस्तरहिन कालोपत्रे भएको पाइएको छ ।
स्मार्ट सिटिको अवधारणा सारिएको तानसेन नगर भित्रकै सडकमा कामै नलाग्ने कालोपत्रे भइरहेको स्थानियले बताएका छन । पटकपटक सो सडकको अवस्था बिग्रेको समचार आएपछि लाजाकाज तानसेन नगरपालिकाले सडक मर्मतको लागि आर्थिक वर्ष सकिन लाग्दा उपभोक्ता समिति गठन गरीएको थियो । तै पनि नेपाल अधिराज्यमै नभएको उपभोक्ता समितिलाई निर्माणको जिम्मा लगाएर आयोजनाको अनुगमन नै नगरि रकम भुक्तानि गरेको स्थानिय बासिन्दाको भनाई छ । वडाबासिले आयोजनामा राम्रो काम नभएको ,न्यूनत मापदण्ड पनि पुरा नभएको ,बेस हालेर कामचलाउ झारा टार्ने काम गरेको ,प्रविधिक इन्जिनियरले कामको अनुगमनमा नगरेको , उपभोक्ता समितिलाई जिम्मा लगाएर दोषबाट आफु जोगिएर उपभोक्त समितिलाई फसाउन खोजेको आरोप उपभोक्ता समितिले लगाएको छ । यता वडा कार्यालयले भने प्रविधिक ईन्जीनियरको स्टेमेट अनुसार नै कामलाई दिगो टिकाउपन बनाउन वडाले अनुगमन गरेको र सडक निर्माणमा गुणस्तरीयता कायम गर्न उपभोक्त समिति , स्थानियबासिन्दा र प्रविधिक ईन्जीनियसँग बेलाबखतमा आवशयक छलफल गर्ने गरेको वडा कार्यालयले जिकिर गरेको छ ।
रु १२ लाख ७२ हजार ४ सय ५७ रुपियाँ ७ पैषा लागतमा निर्माण भइरहेको सेन्ट क्यापितानिय बसन्तपुर कैलाशनगर सडकको सामान्य मर्मत सम्भार भएका कारण सडकमा नयाँ सडकको जस्तो फिनिसिङ्ग नआएको तानसेन नगरपालिकाका इन्जनियरको भनाई छ ।
सचेत नगरिक बस्ने तानसेन नगरपालिक भित्र नै नगरपालिकाले बदनियतपुर्ण ढङ्गगले कामको अनुगमन नै नगरेर काम गुणस्तरहीन भएको छ भने सदुरमुकाम बाहीरको विकास कत्तिको अप्रभावकारी छन भन्ने पुष्टी गर्दछ ।