न्यूयोर्कमा निस्शुल्क १ सय ५० जनालाई तरकारी वितरण कार्यक्रम

प्रकाशित मिति:

न्यूयोर्क,अमेरिका । गिरिजाप्रसाद कोइराला फाउण्डेसन अमेरिकाले सनिसाईड साईन्स संस्थाकी कार्यकारी निर्देशक जेमि(फाए बिइनससँग सहकार्य गरेर बुधबार न्यूयोर्क,अमेरिकामा १ सय ५० जनालाई निस्शुल्क तरकारी गोलभेडा वितरण कार्यक्रम गरेको छ । फाउण्डेसनका अध्यक्ष एवं सामाजिक अभियन्ता सोमनाथ घिमिरेले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं कोरोना भाइरसले सिङ्गो मानव सभ्यतालाई नै चुनौती दिई रहेको वर्तमान दुस्खद समयमा न्यूयोर्कमा रहेका १ सय ५० जना नागरिकहरुलाई निस्शुल्क रुपमा तरकारी गोलभेडा वितरण गरेको जनाएका छन् ।

सनिसाईड साईन्स संस्थाकी कार्यकारी निर्देशक जेमि-फाए बिइनले फाउण्डेसनलाई ३० बाकस गोलभेडा९टमाटर० सहयोग गरेको थियो । सामाजिक दुरिलाई कायम गर्दै गरिएको कार्यक्रममा युनाईटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिका-न्यूयोर्क च्याप्टरका अध्यक्ष केशवराम राईलाई गिरिजाप्रसाद फाउण्डेसन अमेरिका अध्यक्ष तथा सामाजिक अभियन्ता सोमनाथ घिमिरेले २ बाकस टमाटर प्रदान गरेका थिए। सो कार्यक्रममा फाउण्डेसनका उपाध्यक्ष सुवर्ण लामा,कोषाध्यक्ष ब्रेन्दा राई,केन्द्रीय सदस्य एवं समुदाय सम्बन्ध निर्देशक छिरिङ्ग राप्के लामा, केन्द्रीय सदस्यद्वय प्रेम पौडेल,सुर्य सिम्खडा, यु।एन।आई ग्लोबल युनियन नेपालकी प्रथम निर्वाचित महिला अध्यक्ष कमला पन्त,नेविसंघ अमेरिकाका निवर्तमान संयोजक प्रभात सापकोटा,नेपाली काँग्रेसका नेता रामबहादुर के।सी।,नेविसंघ पूर्व केन्द्रीय सदस्य ज्ञानल थापा लगायतका महानुभावहरुको सहभागिता रहेको थियो ।