सास फेर्न गाह्रो कोरोनाको कारणले मात्र नहुन सक्छ

८ जेष्ठ २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया
60 Shares


अहिले सर्वत्र कोरोनाको सन्त्रास छ । कोरोना भाइरसको संक्रमण भएमा केही साझा लक्षण देखिन्छन् । जस्तो कि उच्च ज्वरो, रुघा, सास फेर्नमा कठिनाइ आदि।  कोरोनाको भाइरसले फोक्सोलाई प्रभावित बनाउने र सास फेर्न गाह्रो हुने देखिएको छ । यसैले अहिले कुनै कारणवश सास फेर्नमा कठिनाइ भयो भने हाम्रो मनमा ढ्याङ्ग्रो बज्न थाल्छ, कतै मलाई पनि कोरोनाको संक्रमण भएन तर, कोरोनाको संक्रमणले मात्र सास फेर्नमा कठिनाइ हुने होइन । खासगरी हिँडडुल गर्दा वा शारीरिक काम गर्दा सास बढ्न सक्छ ।

यसको अनेक कारण हुन सक्छ । खासगरी शरीरलाई आवश्यक अक्सिजन पर्याप्त मात्रामा आपूर्ति हुन नसक्दा पनि सास बढ्ने वा स्याँस्याँ हुनेगर्छ ।अक्सिजनको मात्रा अपुग भएपछि फोक्सोमा दबाब पर्छ । त्यसैले अक्सिजन आपूर्तिका लागि फोक्सोले श्वासप्रश्वासको गति बढाइदिन्छ ।अर्को कुरा, शरीरमा रातो रक्तकणको कमी भएमा पनि सास बढ्ने समस्या देखिन्छ। अक्सिजनलाई एक स्थानबाट अर्को स्थानमा पुर्‍याउने रक्तकण अर्थात् हेमोग्लोबिनको कमी छ भने अक्सिजन आपूर्तिमा बाधा हुन्छ र स्याँस्याँ हुन्छ ।आजकाल मानिसको जीवनशैली फेरिएको छ। धेरैले शारीरिक परिश्रम गर्दैनन् र व्यायामहरू पनि पर्याप्त मात्रामा गर्दैनन् ।

फोक्सोको संक्रमण जस्तै निमोनिया वा टीबीको कारण पनि सास फेर्नमा कठिनाइ हुन्छ । श्वासनली वा त्यसको शाखाहरू सुन्निने पनि यसको अर्को एक कारण हो जसलाई मेडिकल भाषामा एस्थमेटिक ब्रोंकाइटिस भनिन्छ ।कहिलेकाहीँ श्वासनलीमा कुनै समस्या वा छातीमा ट्युमरको दबाबले पनि स्याँ(स्याँ हुने गर्छ । त्यस्तै, विभिन्न दुर्घटनामा लाग्ने छातीको चोटको सही उपचार नभएमा भित्र रगत जम्मा हुन्छ र त्यसले फोक्सोमा दबाब पर्छ।मुटु कमजोर छ वा हर्टअट्याकको कारण मुटुको कुनै भाग कमजोर वा नष्ट भएको छ भने यस्तो कमजोर मुटुले रगत वा पानीको साधारण भार पनि उठाउन सक्दैन र सास फेर्न गाह्रो हुन्छ । त्यसमा यदि मोटोपना पनि छ भने स्थिति अझै कष्टकर हुन्छ।@onlinekhabar

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • चौधरी फाउण्डेशनद्वारा मन्त्री बराल मार्फत अस्पताललाई भेन्टिलेटर हस्तान्तरण
  • तरूण विभागद्वारा कालिन्चोकका बाढीपिडितलाई राहत हस्तान्तरण
  • शेयर बजारमा अनलाइन प्रयोगकर्ता ५७ हजार
  • प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि
  • पश्चिम नवलपरासीमा शनिबार देखी एक हप्ता सम्म निषेधाज्ञ
  • लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्का पक्राउ
  • रुपन्देहीमा थप ११ जनामा कोरोना संक्रमण
  • सिन्धुपाल्चोक पहिरो : चारको शव भेटियो, ३४ बेपत्ता
  • लायन्स क्लब अफ बुटवल जितगढीद्वारा गुल्मीका पहिरो पीडितलाई सहयोग !
  • घ्याल सुम्दो सेवा संस्था अमेरिकाको बैठक सम्पन्न,महासचिवमा छोन्जोम लामासहितका पदाधिकारीहरु…