धौलागिरी बगाले थापा समाजको भिडियो कन्फ्रेन्स :सीमा विवाद र कोरोना भाइरस सतर्कताको विषयमा परामर्श 

प्रकाशित मिति:

कौरव खत्री/बागलुङ-धौलागिरी बगाले थापा समाजले आज भिडियो कन्फ्रेन्स मार्फत बैठक सम्पन्न गरेको छ । बैठकले अहिले छिमेकी राष्ट्र भारतले अतिक्रमण गरेको नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीको सीमा विवाद र विश्व व्यापी माहामारीको रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को विषयमा छलफल गरेको छ ।

बैठकमा बन्धुहरु सदस्य प्रा। डा। दिनबहादुर थापा, दलबहादुर थापा, हुमबहादुर थापा, लक्षण थापा, थम्मन थापा लगायतले आ आफ्ना धारणा तथा सुझावहरू प्रस्तुत गरेका थिए । नेपालको राष्ट्रियता, स्वाधीनता, सार्वभौमसत्ता र अखण्डताको निम्ति बगाले थापाका पुर्खजहरुले योगदानको अनुसरण गर्दै अहिलेको सीमा विवादको विषयमा नेपाल सरकारलाई आवश्यक सहयोग गर्न पहल गरिने निर्णय गरिएको छ ।

हाम्रा पुर्खाहरूले देशको रक्षाको लागि प्राण त्यागेको इतिहासलाई आत्मसाथ गर्दै छिमेकीको दादागिरी विरुद्धमा आवाज उठाउने बेला आएको भन्दै नेपाल सरकारले उठाएको विषयमा एक्यवद्धता जनाउँदै अगाडि बढ्ने समाजका अध्यक्ष भीम बहादुर थापाले जानकारी दिनुभयो । त्यस्तै विश्व अहिले कोरोना भाइरसको संक्रमण बाट गुज्रिरहेको अवस्थामा आवश्यक राहत प्याकेज स्थापना गर्न परामर्श गर्ने, सबैलाई आफु सुरक्षित रहँदै थप सावधानी अपनाउन अनुरोध गर्ने अध्यक्ष थापाले बताउनु भयो । केन्द्र देखि पालिका सम्म बगाले थापा समाजका समितिहरू सँग आवश्यक सहकार्य तथा छलफल गरी बिषयबस्तु लाई क्रमश अगाडि बढाइने लागायतका निर्णय गरिएको छ धौलागिरी बगाले थापा समाजले जनाएको छ ।