परशुरामले किन भाँचिदिए गणेशको दाँत

९ जेष्ठ २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया
2K Shares


हिन्दु धर्मशास्त्रमा परशुरामलाई भगवान मान्ने चलन छ । शास्त्रमा उल्लेख भएअनुसार, भगवान परशुराम भगवान विष्णुको छैटौँ अवतार तथा आठ चिरिञ्जीविमध्येका एक हुन् ।

उनी अहिले पनि जीवित रहेको शास्त्रमा पढ्न पाइन्छ । उनको जन्म वैशाख महिनामा भएको थियो । उनको जन्म सत्य र त्रेतायुग दुबैको सन्धीकाल मानिएको थियो ।साथै भगवान शिवको परमभक्त परशुरामलाई न्इायका देवता मान्ने गरिन्छ । तीनै भगवान परशुरामले भगवान गणेशको दाँत भाँचिदिएका थिए ।धर्मशास्त्रम उल्लेख गरिए अनुसार, भगवान परशुराम अत्याधिक क्रोधित स्वभावका थिए ।

पौराणिक कथाका अनुसार परशुराम एक दिन भगवान शिवको दर्शनका लागि कैलाश पर्वत गएका थिए ।त्यसबेला त्यहाँ भगवान गणेशसँग उनको भेट भयो । गणेशले उनलाई महादेवसँग भेट गर्न जान दिएनन् । उनलाई ढोकामै रोके ।तब क्रोधित भएर परशुरामले आफ्नो बलले हानेर गणेशको एक दाँत नै भाँचिदिए । त्यसपछि गणेशलाई एकदन्त भन्न थालिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया