पश्चिम नवलपरासीमा रामग्राममा २ र सुस्तामा १ गरी थप ३ जनामा कोरोना संक्रमीत पुष्टि

प्रकाशित मिति:

प्रकाश न्यौपाने ।

जेष्ठ ०९
नवलपरासी । पश्चिम नवलपरासीमा रामग्राम नगरपालिकामा २ जना र सुस्ता गाउपालिकामा १ गरी थप ३ जनामा कोरोना संक्रमीत पुष्टि भएको छ । आज बिहान प्राप्त रिपोर्ट अनुसार दुई पुरुषहरु र एक महीलामा कोरोना संक्रमण पुष्टि भएको हो । रामग्राम ३ घोडपालीकि ३३ वर्षिय पुरुष र रामग्राम १८ कि १५ वर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै सुस्ता गाँउपालीका वडा नम्बर ५ का ३५ वर्षिय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायलले जनाएको छ । दुई दिन अगाडी मात्रै सुस्ता ५ कै एक पुरुषमा संक्रमण पुष्टि भएको थियो । यस संगै पश्चिम नवलपरासीमा संक्रमितको सख्या ५ पुगेको छ । सुस्तामा २, प्रतापपुरमा १ र रामग्राममा २ जनामा संक्रमण पुष्टि भएको हो ।