जागरुक समाज दुवारा बिपन परिवारलाई राहत

९ जेष्ठ २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया
47 Shares


महेश सिंह/ सिरहा-  सिरहाको भगवानपुर गाउँ पालिकामा लकडाउनबाट प्रभावित बिपन परिवारलाई जागरुक समाज जिरोमाईल धनगढी १० ले १२५ घर धुरी ज्याला मजदुरी गर्ने परिवार लाई राहत वितरण गरेको छ् । जागरुक समाज को अध्यक्ष मुकेश कर्णले बताउनु भयो । वडा नम्बर ५ मा दलित बस्तीहरुको संख्या धेरै रहेकोले लकडाउनबाट प्रभावित परिवारलाई राहत बाडेका हुन ।

गरिबको पिडा बुझ्न जागरुक समाजले समुदायमा रहेको परोड शिक्षाको क्षेत्रमा काम गर्दै गरेका हुन् । गाउँ पालिका बाट बंन्चित र छुटेका अतिबिपन बर्गलाई राहत बाडेको गाउँ पालिकाका समाज सेबि तथा अध्यक्षका प्रत्यासी उग्र नारायण यादव को रोहवरमा राहत वितरण गरेका छन् । सिरहाको विभिन्न ठाँउमा राहत बाडने निर्णय गरेको जागरुक समाज जिरोमाईल धनगढीको शाखा प्रबन्धक सरोज साह ले बताउनु भयो ।

 

राहत बाडने कार्यक्रम ईनरवा बाट सुरु गरेको संस्थाको अध्यक्ष मुकेश कर्णले जानकारी दिनु भयो । प्रति घर धुरीलाई ८ किलो चामल ,१ किलो नुन , आधा लिटर खाने तेल ,१ किलो दाल , आधा किलो स्वाईमिन ,२ किलो आलु प्रति घर धुरीलाई वडा अध्यक्ष अमर लाल यादवको रोहवरमा वितरण गरेका सचिब लक्ष्मी पासमान ले जानकारी दिनु भयो । वितरण कार्यक्रममा चन्द्र कला पासमान , मन्जु देबि मोची ,ग्यात्री यादव लगायतका ब्यक्तीहरुको सहभागिता रहेको थियो ।
सामाजिक दुरीलाई विशेष ध्यानमा राखि राहत वितरण गर्ने प्रक्रिया मिलाईएको थियो । जनतालाई राहत लिन समस्या हुन नदिन वितरण स्थलमा सम्पूर्ण व्यवस्थापन मिलाएका थिए । सबैले सहयोग तथा समन्वय गरि वितरण कार्यलाई सहज बनाउन सम्पूर्ण जन समुदायिलाई संस्थाको अध्यक्ष मुकेश कर्णले अनुरोध आग्रह गरेका हुन । पहिलो चरनको राहत बितरन कार्य समाप्त पछि अरु गरिब , असाहाई , बिपन परिवारलाई नगर पालीका बाट छुटेका लाई राहत दिएको समाज सेबि उग्र नारायण यादवले बताए । राहत लिने बिपन बर्गको समुहले राहत दिने संस्थालाई धन्यवाद दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • नेविसंघ महामन्त्री युवराज पाण्डेयले मागे गृहमन्त्री बादलको राजीनामा
  • उद्योग बाणिज्य संघले आफ्ना सदस्य ब्यबसायीहरुको नि:शुल्क कोरोना विमा गर्ने
  • भीरकोट नगरपालिकामा २८ हप्ते आईपिएम कृषक पाठशाला सम्पन्न
  • मिडिया मैत्री बजेट आएन
  • मुलुकमा बढ्दै गईरहेको जातीय बिभेद बिरुद्ध धकधईका युवा
  • अस्पतालको लापरबाहीले सिरहामा एक महिलाको ज्यान गयो
  • कञ्चनमा निर्माणाधिन स्थलमा शौचालय नहुदा कामदारहरु खुल्ला दिसा गर्न बाध्य
  • बजेटले संस्थागत शिक्षालयलाई उपेक्षा गर्याे : शिक्षाविद
  • दोश्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा मन्त्रीद्धारा शुभकामना व्यक्त
  • रुकुम र देवदह घटनाको छानवीन गर्न समाजवादीको माग