लकडाउनका कारण विश्वमा ७० लाख महिला अनैच्छिक गर्भवती बन्दै गरेको सवेक्षण सार्वजनीक

९ जेष्ठ २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया
38 Shares


काठमाडौं, जेठ ९ : लकडाउनका कारण संसारका ७० लाख महिला अनैच्छिक गर्भधारण गर्नुपर्ने अवस्थामा रहेको जनाएको छ। संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए)ले कोरोना भाइरस महामारीका कारण महिलाहरूले परिवार नियोजनका साधनमा पहुँच नपाउने भएकाले अनैच्छिक गर्भधारण गर्न बाध्य रहेको जनाएको छ। यूएनएफपीएको रिपोर्टमा मध्यम र न्यून आय भएका एक सय १४ देशका चार करोड ७० लाख महिलाहरूले आधुनिक परिवार नियोजनका साधनमा पहुँच नपाउन सक्ने उल्लेख गरिएको छ । यदि ६ महिनासम्म लकडाउन लम्बियो भने ७० लाख महिलाहरू अनैच्छिक गर्भवती बन्नेछन्। जसले स्वास्थ्य सेवामा ठूलो व्यवधान आउनसक्ने यूएनएफपीएले जनाएको छ।

लकडाउन अनिश्चित रुपमा लम्बिदै जाँदा तीन महिनाको अन्तरालमा थप २० लाख महिलाहरू आधुनिक परिवार नियोजनका साधनबाट वञ्चित हुने अनुमान गरिएको छ।लकडाउनले गर्भपतन अवैध भएको देश, परिवार नियोजनका साधनहरूका लागि महिलाहरू सामुदायिक स्वास्थ्य केन्द्रहरू तथा परिवार नियोजनसम्बन्धी कार्यक्रमहरूमा भर पर्नुपर्ने क्षेत्रलगायतमा मुख्य असर पारेको छ।जसको एक प्रमुख उदाहरण फिलिपिन्सलाई लिइएको छ। तत्थ्यांकअनुसार, कोरोनाका कारण फिलिपिन्समा १२ लाख महिलाले अनैच्छिक गर्भधारण गर्नसक्ने सम्भावना रहेको फिलिपिन्सस्थित संयुक्त राष्ट्रसंघीय समूहका प्रतिनिधि डा. जोसेफ माइकल सिंहले बताए। उनले भने ‘यहाँ कोरोना भाइरस महामारीका कारण प्रमुख परिवार नियोजनका सेवामा ५० प्रतिशतले कमि आएको छ। उनले अनैच्छिक गर्भाधारणसँगै नर्स, सुसारे र आकस्मिक सेवाको कमिका कारण अधिक मातृमृत्युदर हुनसक्ने चेतावनी समेत दिएका छन्। (बीबीसीबाट)

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • नेविसंघ महामन्त्री युवराज पाण्डेयले मागे गृहमन्त्री बादलको राजीनामा
  • उद्योग बाणिज्य संघले आफ्ना सदस्य ब्यबसायीहरुको नि:शुल्क कोरोना विमा गर्ने
  • भीरकोट नगरपालिकामा २८ हप्ते आईपिएम कृषक पाठशाला सम्पन्न
  • मिडिया मैत्री बजेट आएन
  • मुलुकमा बढ्दै गईरहेको जातीय बिभेद बिरुद्ध धकधईका युवा
  • अस्पतालको लापरबाहीले सिरहामा एक महिलाको ज्यान गयो
  • कञ्चनमा निर्माणाधिन स्थलमा शौचालय नहुदा कामदारहरु खुल्ला दिसा गर्न बाध्य
  • बजेटले संस्थागत शिक्षालयलाई उपेक्षा गर्याे : शिक्षाविद
  • दोश्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा मन्त्रीद्धारा शुभकामना व्यक्त
  • रुकुम र देवदह घटनाको छानवीन गर्न समाजवादीको माग