पीडाको मूल्य हुँदैन ।

९ जेष्ठ २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया
357 Shares


पुष्कर खड्का क्षेत्री – 
बिश्व नै कोरोनाको चपेटामा गुज्रिएको समय,आफैले आफनो नाक ,मुख थुनेर एक्लै हिंड्न्नुपरेको यो विषम परिस्थिति मा यहि जेठ ५ गतेसम्म गुल्मी जिल्ला शिल भएको थियो ।सोही दिन जेठ ५ गते गुल्मी धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल,उपाध्यक्ष शिव ब खत्री ,पत्रकार भरत पाण्डे,कार्यपालिका सदस्य कमला घर्ती र म गाउपालिका उपाध्यक्षको कार्यकक्षमा कोरोना महामारी,भारत बाट गाउपालिका भित्र आउने दाजु भाइ को बिषयमा के कसरी ब्यबस्थापन गर्ने ,अनि परिस्थिति कस्तो बन्ला भन्ने बिषयमा अनौपचारिक छलफल गर्दै थियौ त्यसै बिच सामाजिक सन्जाल मा गुल्मी को मदाने मा कोरोना सन्क्रमित भेटिएको कुरा दिउँसो ४:३४ बजे थाहा हुन्छ ।एकछिन सबैका मस्तिष्कहरु तनावग्रस्त हुन्छन् ।सबैको अनुमान त निश्चय नै कोहि भारत बाट आएको हुनुपर्छ भने अनुमान गर्न गाह्रोहुदैन ।प्राय सबै सामाजिक सन्जालको सम्पर्कमा रहिरहने हुदा जिल्लाभर मै त्रास को बिकाश भैसकेको थियो तर को होला भन्ने उत्सुकता बिकाश भएको थियो।त्यसैमा पनि धुर्कोट गाउपालिका सङ्ग मदाने गाउपालिका सिमा जोडिएकोले हामिबिच अझै धेरै तरङ्ग सिर्जना भएको थियो। सो को पुर्ब तयारी र स्वास्थ्यकर्मी लाई थप हौसला प्रदान गर्न हामी धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्र गयौं जहाँ स्वाब संकलन बुथ को पनि निरीक्षक गर्ने कार्यक्रम रहेछ।केही समय मा थाहा भो संक्रमीत भनिएका ब्यक्ति ।मन छागा बाट खसे जस्तै भयो।उहाँ सिकिस्त बिरामी भएर भेन्टिलेटर मा रहेको जानकारी त केही दिन पहिला नै थाहा थियो मलाइ पनि तर मैले बुझ्दा पनि जण्डिस ,टाइफाइड र निमोनिया भएको जानकारी थियो।केहि दिनअघिं उहाँलाई ज्वरो आएकोले स्थानीय औषधि पसलबाट ज्वरोको औषधि खानुभयो | त्यसले निको नभएपछि मदाने पोलोक्लिनिकमा जांच गराएर २ दिन टाइफाइड ज्वरोको औषधि खानुभयो | २ दिनपछि बान्ता भएकोले फलोअपको लागि सोहि पोलोक्लिनिकमा जानुभयो | जन्डिस भएको, किड्नी खराब भएको भनेर उहाँलाई अर्घाखाँची रिफर गरियो | अर्घाखाँचीको छायाँ पोलिक्लिनिकले उहाँलाई टाइफाइड बिग्रेको, किड्नीको समस्या भएको भनेर क्रिम्सन अस्पताल रिफर गर्यो |
क्रिम्सन अस्पतालले प्रारम्भिक जाँचमा मेनिन्जाइटिस भएको तथा मुटुमा केहि समस्या भएको अनुमान गर्यो | मेनिन्जाइटिसको निदान गर्नको लागि ढाडबाट पानी ( CSF ) निकालेपछि उहाँ बेहोस हुनुभयो | उहांको अवस्था गम्भीर भएकोले आइसीयुमा राखियो | त्यसपछि भेन्टिलेटरमा राखियो | अर्को दिन अर्थात् जेठ १ गते बिरामी पक्षको आग्रहमा कोरोना संक्रमणको टेस्ट गरियो जेठ ५ गते दबाबकै बिच कोरोना परिक्षण को पोजेटिभ नतिजा आयो ।यो बिचमा अस्पतालले केयर नगरेको मृतकका साला ओ भनाइ छ।यसैबिच जेठ ६ गते उहाँ को मृत्यु भएको विभिन्न सामाजिक सन्जालभरी छरपस्ट हुन्छ नपत्याउनु पनि कसरी? धेरै ले समबेदना दिइरहेका हुन्छन् झन त्रास बढ्छ।तर केही समयपछी अस्पताल ले बिज्ञप्ति निकाल्छ निज को मृत्यु भएको छैन तर अवस्था गम्भीर छ।तर उहाको गाउँमा यो बिच मा अनेकौ अड्कल बाजि चलिरहन्छ।कोरोना कसरी लाग्यो ।सुरुमा अनेकौ समाचार आए तर पछि उहाँ दोस्रो मुलुक बाट आएको कोहिसङ्ग नभेटेको ,आफै सचेत भएको र गाउँमा पनि कसैलाइ संक्रमण नभएकोले कतै कोरोना होइन होला,कसैले रिपोर्ट साटियोकि ,कसैले पुन PCR गर्न्नुपर्ने अड्कलबाजि आवाजहरु उठ्न थाले।रहस्यमय रुपमा देखिएको संक्रमण लाई जित्नुहुनेछ भन्ने सबैले प्रार्थना गर्यौ।तर यो लामो समय टिक्न सकेन ।पुनः ७ गते बिहानै देखि पुन: उहाको दोस्रोपटक मृत्यु भएका खबरहरु जिम्मेवार जनप्रतिनिधिहरुलाइ हवाला दिदै जिम्मेवार सन्चार माध्यम बाट प्रसारित भए।यतिसम्मकि उहाको सब ब्यबस्थापन कसरी गर्न्ने भन्ने बिषय बाहिरिए।जिल्लाभर सन्नाटा छायो।तर अस्पताल को दिउँसो १२ बजेको बिग्यप्ती ले पुन बचाइदियो।मलिन भएका अनुहार हरु केही खुल्न थाले ।अनेक शंका ,आशन्का ले सबैका मन उतारचढाव भइनै रहे।यो १ दिन पनि टिक्नसकेन अन्तत पटकपटक मर्ने र बाच्ने गरि आशा र निराशा दिइरहनुभएका सर को जीवनलिला कृमसन अस्पताल को एकान्त भेन्टि
लेटर मा सकियो।सर मृत्यु सबैको हुन्छ थाहा छ तर बिश्व मै दुर्लभ मृत्यु तपाइले पाउनु भयो।यो बिचको पीडाको हिसाबकिताब कस्ले दिन्छ।पटक पटक रुवाउने अनि बचाउने आखिर को र किन?प्रश्न हरु धेरै छन् ।पारिवारिक रूपमा अस्पताल को लापरबाही का कुरा पुष्ठि होलान नहोला तर तपाइको मृत्यु भन्दा पनि मृत्यु कारण ले सधै पिरोलिरहनेछ।यो प्रश्न को जवाफ हामी कहिले पाउने ?परिवारले जलाएको मन को खरानी को मूल्य कस्ले तिर्छ?यदि स्वाब लिएर गएका गाउले को पनि PCR नेगेटिभ आयो भने तपाइ कोरोनाको को कारण ले मृत्यु भएको तेस्रो ब्यक्ति को नै होत ?मृत्यु तपाईसङ्ग भएका अन्य रोगले पनि नहुने होइन तर आतन्कित र रहस्यवान मृत्यु को कारणको जवाफ हामी खोजिरहेकाछौ।हाम्रो देशमा जिम्मेवार निकाय बाट मानविय मनहरुमा पारिएको गतल समबेदना को चित्तबुझ्दो कार्बाही कहिले हुदैन।हामी आतुर हुन्छौ ।विशेषको गाम्भिर्यता र त्यसले सम्बन्धित पक्षमा पार्ने पीडा को ख्याल को संबेदनसिलता। धेरैलाई समाचार बने ,भ्युज बढेहोलान् ,हाम्रो मन एकछिन दुख्यो होला तर तपाईं कल्पना गर्नुस् वास्तविक परिवार ले एकपटक दुखाएर भुलाउनुपर्ने मन कति पटक दुखाउनुपर्यो र दुखाउनुपर्नेछ।यो क्षण को कुनै मुल्य हुदैन ।भोलि अस्पतालले क्षतिपूर्ति देला नदेला तर पिडा को कुनै मूल्य हुदैन।यदि उपचार मा लाहपर्बाही भएको हो भने सच्चा मनले स्वीकार गरौं ।आज…. सर को यो तवरले मृत्यु भयो यस्ले तपाईं हामी लाई धेरैकुरा सिकायो ।राज्यका निकायको तयारी ,जिम्मेवारी र जवाफदेहीता।नेपालले धेरै लामो समय पाएको हो कोरोना नियन्त्रण को तयारी गर्न ।तर कोरोना लागेको पुष्ठि हुदा कोरोना अस्पताल लगिन्न ?५०/१०० सन्क्रमित हुदा अस्पताल का कोरोना का लागि बनाइएका बेड भरिन्छन्।प्रयाप्त औषधि ,उपकरण ,जाँच छैन।कोरोना ले भन्दा अन्य रोग को उपचार नपाएर रोगी मरिरहेकोछ।सबैलाइ रोगलाई कोरोना को नजरले नहेरौ।भोलि ….सर जस्तै हामी धेरै बिरामी हुनसकिन्छ त्यसैले यसबाट धेरैले धेरै कुरा सिकौ।…सर तपाइको मरेको शरिरले न्याय पाओस् ।
अन्त्यमा मानिस जन्मन्छ मर्न को लागि तर अपत्यारिलो,निर्दयी ,सङ्कास्पद ,र पीडा नै पिडा ले भरिदिएको तपाइको मृत्यु प्रती हार्दिक श्रद्धाञ्जली एबम परिवारमा गहिरो समबेदना।

फेसबुकबाट तपाईको प्रतिक्रिया