अक्सफोर्डले अनलाईन कक्षा ब्यवस्थित गर्ने

९ जेष्ठ २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


झविन्द्र देवकोटा बुटवल, ९ जेठ । अक्सफोर्ड माध्यमिक विद्यालय बुटवल सुख्खानगरले अनलाईन शिक्षालाई अझै ब्यवस्थित बनाउने भएको छ । कक्षा ५ देखि कक्षा १० सम्मका विद्यार्थीका अभिभावकसँग चरणवद्ध रुपमा अनलाईन अन्तरक्रिया तथा छलफल गरि विद्यालयले संचालन गर्दै आएको अनलाईन कक्षालाई ब्यवस्थित गर्ने बताएको हो । कोरोना संक्रमणको महामारीले विश्वनै थला परेको अवस्थामा गरिएको लकडाउनमा विद्यार्थीलाई स्थीर राख्नुभन्दा अनलाईनबाट भएपनि उनीहरुलाई अध्ययनमा सक्रिय बनाउन अनलाईन जुम कक्षा संचालन गरिएको विद्यालयका प्राचार्य दिनेश भुषालले जानकारी दिनुभयो ।

अनलाईन पढाईलाई निरन्तरता तथा विद्यार्थीलाई नियमित बनाउनका लागि अनलाईन कक्षा ब्यवस्थापनको कार्यक्रमलाई अगाडि बढाइएको उहाँले बताउनुभयो । अनलाईन मार्फत छलफलमा सहभागि भएका अभिभावकहरुले अनलाईन कक्षा सकारात्मक भएको र आफ्ना नानीबाबुहरुलाई घरै बसेर पढ्नलाई सहज भएको प्रतिकृया दिएका थिए । अभिभावकहरुले पाठ्यापुस्तकको उपलब्धताले विद्यार्थीको सिकाईलाई अझै राम्रो बनाउने उल्लेख गरे । अक्सफोर्डले गएको बैशाखदेखि कक्षा ५ देखि १० र एसईई परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुलाई जुम मार्फत अनलाईन कक्षाहरु संचालन गर्दै आएको छ । चरणबद्ध रुपमा कक्षा र विषय शिक्षकहरुले विद्यार्थीलाई अध्यापन गराउदै आएका छन् । विद्यालयले आफ्नो छुट्टै अक्सफोर्ड एप्स बनाएर विद्यार्थीलाई विषयगत गृहकार्य, सूचना र जानकारी दिदै आएको प्राचार्य भुषालले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • थाकस र थापस द्वारा श्रद्धान्जली कार्यक्रम सम्पन्न
  • सरकारले बलत्कारी बचाएको ने.वि.संघको दाबी
  • बिपत ब्यवस्थापन समितिको समुहले पहिरो क्षेत्रको स्थलगत अनुगमन तत्काल उद्धारमा…
  • नेपाली कांग्रेस वडा समितिद्धारा सम्मान
  • स्थानीय भन्छन् सुमित जस्तै ईन्चार्जको लहानमा खाचो छ
  • रुपन्देहीका शिब राज बेल्बासेको संयोजकत्वमा साझा युवा संगठन प्रदेश नम्बर…
  • प्रधानमन्त्रीका निजी चिकित्सक शाहलाई कोरोना संक्रमण
  • पहिरोबाट विस्थापित ३ परिवारलाई गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको सहयोग
  • उपभोक्ता हित संरक्षण समिती नेपालको सिद्धार्थनगर भैरहवा शाखा गठन
  • रोटरीद्वारा इन्ट्रयाक्टरहरुलाई जीवन उपयोगी सीप विकास कार्यशाला