गनपा ३ मा १५ शैयाको क्वारेन्टाइन निर्माण गरियो ।

९ जेष्ठ २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया
16 Shares


कौरव खत्री बागलुङ ९ जेठ । बागलुङको गलकोट नगरपालिका वडा नं ३ हटियामा १५ शैयाको क्वारेन्टाइन निर्माण गरिएको छ ।  कोभिड १९को कोरोना भाइरसको संक्रमण वडामा फैलिन नदिनका लागि क्वारेन्टाइन निर्माण गरिएको गलकोट नगरपालिका ३ का वडाअध्यक्ष विरजङ्ग भण्डारीले जानकारी दिए ।  साथै देश तथा विदेशका विभिन्न स्थानमा रहेका यस वडाका नागरिक र अन्य स्थानबाट आउने नागरिकहरुलाई मध्यनजर गरेर गलकोट बहुमुखी क्याम्पसमा क्वारेन्टाइन निर्माण गरिएको वडाअध्यक्ष भण्डारीले जानकारी दिए ।  त्यस्तै गलकोट नगरपालिकाको सबै वडाहरुमा क्वारेन्टाइन निर्माण गर्ने निर्णय अनुसार क्वारेन्टाइन निर्माण कार्य गरिएको गलकोट नगरपालिका ३ का वडा सदस्य झहर बहादुर खत्रीले जानकारी दिए ।

त्यस्तै अन्य वडाबाट यस वडाभित्र आउने नागरिकहरुलाई सुरक्षित रूपमा राखेर वडामा कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि क्वारेन्टाइन निर्माण कार्यले सहजता प्रदान गरेको बागलुङ उद्योग वाणिज्य संघ गलकोट इकाइका अध्यक्ष वीरेन्द्र श्रेष्ठले बताए ।
साथै क्वारेन्टाइनमा राखिने नागरिकको लागि सेनिटाइजर,माक्स,सावुन,ब्रस पेस्ट,ट्रावेल विस्तारा लगायतका आवश्यक पर्ने सामग्रीहरू गलकोट नगरपालिका र गलकोट उद्योग वाणिज्य संघ गलकोटले सहयोग गरेको गलकोट नगरपालिका ३ का वडाअध्यक्ष विरजङ्ग भण्डारीले जानकारी दिए । विशेष गरि भारतबाट आउने नागरिकहरलाई स्वास्थ्य चेक जाँच गरिसकेपछि क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको र उनीहरुका लागि समय समयमा स्वास्थ्य चेक जाँच गरिने वडाले जनाएको छ । क्वारेन्टाइन निर्माण भएपछि वडाभित्र स्वदेश तथा विदेशबाट आउने नागरिकहरुलाई व्यवस्थापनमा थप सहज पुग्ने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • नेविसंघ महामन्त्री युवराज पाण्डेयले मागे गृहमन्त्री बादलको राजीनामा
  • उद्योग बाणिज्य संघले आफ्ना सदस्य ब्यबसायीहरुको नि:शुल्क कोरोना विमा गर्ने
  • भीरकोट नगरपालिकामा २८ हप्ते आईपिएम कृषक पाठशाला सम्पन्न
  • मिडिया मैत्री बजेट आएन
  • मुलुकमा बढ्दै गईरहेको जातीय बिभेद बिरुद्ध धकधईका युवा
  • अस्पतालको लापरबाहीले सिरहामा एक महिलाको ज्यान गयो
  • कञ्चनमा निर्माणाधिन स्थलमा शौचालय नहुदा कामदारहरु खुल्ला दिसा गर्न बाध्य
  • बजेटले संस्थागत शिक्षालयलाई उपेक्षा गर्याे : शिक्षाविद
  • दोश्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा मन्त्रीद्धारा शुभकामना व्यक्त
  • रुकुम र देवदह घटनाको छानवीन गर्न समाजवादीको माग