शितगंगा नगरपालिका ३ द्धारा किसानहरु लाई धानको बिउ बितरण , बाँझो खेत रोप्नेलाई पनि आर्थिक सहयोग गर्ने

प्रकाशित मिति:

अराज बेल्बासे जेठ ९- शितगंगा-शितगंगा नगरपालिकाको वडा नम्बर ३ ले आफ्ना किसानहरुलाई धाको बिउ बितरण गरेको छ । नगरपालिकामा रहेका किसानहरु लाई शंकर ३१२ नाम धानको बिउ ७५ प्रतिसत छुटमा बितरण गरेको वडा अध्यक्ष हेमनाथ भुसालले जानकारी दिनु भयो । वडामा रहेका हरेक किसानलाई माग गरे बमोजिम धानको बिउ उपलब्ध गराएको वडा अध्यक्ष हेमनाथ भुसालले जानकारी दिनु भयो । कृषकहरु लाई प्रोत्साहन गर्ने उदेश्यले किषकहरुलाई बिउ बितरण गरिएको भुसालले जानकारी दिनु भयो साथै किसानहरुलाई मलको पनि ब्यवस्थापन गर्नेमा आफु सकारात्मक रहेको भुसालले बताउनु भयो । आगामी बजेट कृषि क्षेत्रमा बिषेस गरि लगानी गर्ने योजना रहेको वडा अध्यक्ष भुसालले बताउनु भयो । साथै कोरोना भाइरसले गर्दा गाँउ फर्केका युवाहरुलाई प्रोत्साहन गर्न वडामा रहेका बाँझो खेत तथा बारीमा खेति गर्न अनुरोध गर्नु भयो । बाझो रहेको खेतबारीमा खे ितगर्न किसानलार्य बाँझो खन्न समेत बजेट ब्यवस्थापन गर्ने तथा बिउपल समेत निशुल्क उपलब्ध गराउने बताउनु भयो । वडा नम्बर ३ ले किसान तथा बिभिन्न क्षेत्रमा उल्लेखनिय काम गरेको छ । बिभिन्न क्षेत्रलाई बिषेस जोन क्षेत्र समेत तोकेर कृसानहरुलाइ राहत र प्रोत्साहनको काम भएको भुसालले बताउनु भयो । गत चैत १ गते आएको असिनाले धेरै किसानको नोक्सान गरेकोले त्यस्ता किसानहरुको लागि पनि राहत प्याकेजको ब्यवस्थापनमा जुटेको बताउनु भयो ।

यो बर्ष बिभिन्न योजनाहरु केरोना भाइरसको कारणले प्रभाबित हुने सम्भावना रहेकोले पनि यसले गर्दा पनि किसान तथा भारत र अन्य मुलुक बाट आउने हरुका लागि कृषि क्षेत्रमा लगानी गर्ने गरि आगामी बजेट ल्याउने तयारीमा समेत रहेको वडा अध्यक्ष हेमनाथ भुसालले जानकारी दिनु भयो । क्वारेन्टिनमा बस्नेका गुनासै गुनासा  अहिले कोरोना फैलिन सक्ने डरले स्थानिय तहहरुले भारत तथा अन्य स्थान बाट आउनेहरुलाइ धमाधम क्वारेन्टिनमा राखिरहेका छन । शितगंगा नगरपालिकामा २ महिनाको अबधीमा करिब ५५ जना क्वारेन्टिन बाट फर्किसकेका छन शितगंगामा अहिले सम्म ४० जनाको आरडिटि र १० जनाको पिसिआर परिक्षण भएको छ । अहिले बिभिन्न स्थानमा १५० जना क्वारेन्टिनमा रहेका छन साथै भारत बाट ठुलो संख्यामा शितगंगाबासी आउने तथ्याङक नगरपालिका सँग छ । शितगंगा नगरपालिकाका वडा हरुले गरेका तथ्याङक संकलन अनुसार शितगंगा नगरपालिकामा ४ हजार जना सम्म भारत बाट आउन सक्ने अनुमान गरिएको छ तर क्वारेन्टिन न्युनतम मापडण्डको आधारमा छैन्न भने उनिहरुलाई क्वारेन्टिनमा बस्न कैदीकै जस्तो अवस्था छ । पहिलो चरणमा बनेका २५ बेडमा मात्र नगरपालिकाले उपलब्ध गराएको सामान्य मापडण्डको आधारमा छन जुन प्रत्येक बेडले प्रयोग गर्ने सामान छुटै छन अन्य स्थानमा त्यो समेत लागु हुन सकेको छैन । ज्योती माबि ठाडामा मात्र प्रहरीले निग्रानी गरिरहेको छ तर त्यहीको अबस्था नाजुक रहेको छ ।

१२ बेड रहेका त्यहा पानीको समस्या रहेको क्वारेन्टिनमा बस्नेहरुले बताएका छन । सुरुमा खानपिनमै समस्या रहेको राम्रो खानाको ब्यवस्थापन नभएको गुनासो आए पछि अनुगमन गरिएको थियो त्यसपछि खानामा गुनासो नभएको उनिहरुले बताएका छन । क्वारेन्टिनमा रहेकाहरु लामखुट्टेको जोखिममा रहेको सुत्नै गारो भएको गुनासो गरे पछि नगरपालिकाका उपमेयर टिका रेस्मिीले ब्यतिगत रुपमा त्यहा भएका १२ जना तथा २ जना प्रहरीलाई झुलको ब्यवस्थापन गर्नुभएको थियो ।क्वारेन्टिनमा बस्नेहरुले भारत बाट आउने र नेपालबाट आएर बस्नेहरुले प्रयोग गर्ने शौचालय र साबुन समेत एउटै रहेकोले झन जोखिम बढेको गुनासो गरेका छन । “सुरक्षित हुन आएको झनै जोखिममा परियो” भारत बाट आउनु भएका शितगंगा ५ का चेतनारायण पौडेलले गुनासो गर्नु भयो । पौडेलले आफुहरु यँहा आए पछि झन जोखिममा पर्ने सम्भावना रहेकोले यसको ब्यवस्थापन गर्न नगरपालिकालाई अनुरोध गर्नु भयो । यस्तै मालारानी वडा नम्बर ३ का तेज प्रसाद खनालले बिहान बेलुका खाना बाहेक पिउने पानीको समेत ब्यवस्था नभएकोले राम्रो ब्यवहार गर्नु पर्नेमा कैदीको जस्तो ब्यवहार भएको महसुस भएको बताउनु भयो ।

यस्तै वडा नम्बर ३ का यादव खनालले दिउसमा भोकलागे पनि नास्ताको ब्यवस्था नँहुदा बिरामी नै भइने डर भएको बताउनुभयो । यस्तै वडा नम्बर ४ का स्थानियले नगरपालिकामा आएर यसरी भोकै बस्नु पर्ला नसोचेको भए पनि भोग्नु परेको दुख पोख्नु भयो । घर टाडा भए पनि घरबाट मगाउन बाध्य भएको बताउनु भयो । यस्तै वडा नम्बर ५ को सुधामाबिको क्वारेन्टिनमा रहेकाहरुले आफुहरु आए पछि कसैले के कस्तो छ भन्दै सोध्न बुज्न समेत नआएकोले यसरी बस्न भन्दा घरमै गएर सुरक्षित बस्न सकिने बताए । त्यहा सबैले घरबाट ल्याएर खाना खाएको बताए । नगरपािलकामा रहेका अधिकांस क्वारेन्टिनमा रहनेहरुले नास्ताको ब्यवस्था गर्न अनुरोध गरेका छन । २ छाक खानाको भरमा बस्दा सक्रमण भएको भए रोग सँग लड्ने क्षमता कसरी आउछ त्यसैले पनि लागि सकेको भए पनि रोग सँग लड्ने क्षमता बढाएमा मात्र कोरोना बाट बाच्न सकेने भएकोले पनि सरिर नै कमजोरी हुने गरि बस्दा अरु रोगको समेत सक्रमण हुने डर रहेको उनिहरुको गुनासो छ । शितगंगा नगरपालिकाले वडामा रहेका अधिकांस बिद्यालयहरुलाई क्वारेन्टिनको रुपमा प्रयोग गर्ने भएको छ जस अनुसार अहिले सम्म करिव २५ बिद्यालयमा तयार गरि सकिएको छ ।

पछिल्लो समय स्थापना भएको क्वारेन्टिनमा नगरपालिकाले पि फम मात्र उपलब्ध गराएको छ भने अन्य कपडा आवश्यक भाडाहरु आफै ब्यवस्थापन गर्नु पर्ने छ । नजिकका हरुलाई सजिलो भए पनि टाढा घर हुनेहरु समेत समस्यामा परेका छन । नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारीले सरकारले तोको बमोजिक क्वारेन्टिनमा रहेका ब्यतिले १ दिनमा रु १६० खाना खर्च मात्र पाउने बताउनु भयो । अन्य कुनै सुबिधा नगरपालिकाले उपलब्ध गराउन नसकेको उहाँले बताउनु भयो । सामान्य खाजाको ब्यवस्थापन गर्न नगरपालिकामा छलफल गर्ने प्रतिवद्धता ब्यत्त गर्नु भयो । साथै क्वारेन्टिनमा नगरपालिकाको लागी जनप्रतिनिधीको लागि बसेको जस्तो ब्यवहार हुने गरेकोले आफ्नो परिवार आफु र समुदायको लागी बसेको सोच बनाउन समेत सबै लाइृ अनुरोध गर्नु भयो । यस्तै सम्बन्धित वडाहरुलाई क्वारेन्टिनमा रहेका हरुको हेरबिचारको लागि स्थानिय शिक्षकहरुलाई परिचालन गर्न निर्देशन दिनु भयो ।