९० जना यात्रु बोकेको पाकिस्तानी विमान दुर्घटना

प्रकाशित मिति:

काठमाडौं, जेठ ९ । पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स पिआइएको विमान दुर्घटनाग्रस्त भएको छ।लाहोरबाट कराँची जाँदै गरेको विमान शुक्रबार दुर्घटना भएको पाकिस्तानी संचारमाध्यमले जनाएको छ। पाकिस्तानी अधिकारीका अनुसार जिन्ना अन्तराष्ट्रिय विमानास्थलको रनवे नजिक दुर्घटना भएको हो ।

विमानमा ९० जना रहेको समाचारमा उल्लेख छ।कराँची विमानास्थलमा अवतरणका क्रममा विमान दुर्घटना भएको जनाइएको छ। विमानको ल्यााण्डिङ गेयरमा समस्या आएर दुर्घटना भएको अनुमान गरिएको छ। घटनापछि सो क्षेत्रमा धुँवा देखिएको छ।