कोरोना संकटपछि बैंकहरुले ऋणको पुनर्मूल्यांकन गर्नुपर्छ : गभर्नर

प्रकाशित मिति:

काठमाडौं, जेठ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना भाइरसको महामारीपछि बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ऋण तथा धितोको पुनर्मूल्यांकन गर्नुपर्ने बताएका छन्। कोरोनाले जोखिम बढाएको भन्दै गभर्नर अधिकारीले सबै बैंकहरुले यसलाई पालना गर्नुपर्ने उल्लेख गरे। गभर्नर अधिकारीले संकटपछि व्यवसाय सुचारु गर्न असाध्यै कठिन हुने बताएका छन्। मानव जीवनसँगै सम्पूर्ण व्यवसाय प्रभावित बनेको भन्दै अधिकारीले तिनीहरुलाई पूर्ववत् अवस्थामा फर्काउन लेखा व्यवसायीको योगदान महत्वपूर्ण हुने बताए।नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्यानले आयोजना गरेको रोल अफ प्रोफेसनल एकाउन्टेन्ट्स इन बिजनेस कन्टिन्युटी, क्राइसिस म्यानेजमेन्ट एन्ड फाइनान्सिएल रिपोर्टिङ स् पोस्ट कोभिड १९ प्यान्डेमिकु कार्यक्रममा गभर्नर अधिकारीले नेपालमा पछिल्ला दिनमा संक्रमितको संख्या बढ्दै जाँदा चुनौती अझै बढेको बताए।अन्तर्राष्ट्रिय र आन्तरिक श्रम बजार साँघुरिँदै गएको भन्दै उनले कोरोनाले संकट बढाएको उल्लेख गरे। उनका अनुसार अनौपचारिक क्षेत्रका ४४ लाख मानिसहरु पनि यसको प्रभावमा परिसकेका छन्।

होटल र रेष्टुरेन्ट तथा समग्र पर्यटन क्षेत्रले अबको १र२ वर्ष अझै ठूलो समस्या ब्यहोर्नुपर्ने उनले बताए। उनले रेमिट्यान्स घट्न थालेको भन्दै यसले बैंक तथा वित्तीय संस्थामा तरलतादेखि बजारमा मागसम्म प्रभावित हुने बताए। ुवैदेशिक रोजगारीमा रहेकाहरु फर्कने सक्ने भएकाले यसले बेरोजगारीको समस्या अझै बढाउन सक्छ,ु उनले भने,ुरेमिट्यान्समा आएको गिरावटसँगै बाह्य क्षेत्रको सन्तुलनमा समेत असर गरेको छ। गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंकले बजारको अवस्था सहज बनाउन मौद्रिक उपकरण जारी गरी बैंक दर घटाउने निर्णय भइसकेको उल्लेख गरेका छन्। उनले ब्याजको पुँजीकरण, ऋण वृद्धिलगायतका सुविधा पनि दिइने उल्लेख गरे।कार्यक्रममा आइक्यानका अध्यक्ष कृष्णप्रसाद आचार्यले कोरोना भाइरसको कारण विश्व अर्थतन्त्रको महत्वपूर्ण पक्षहरुमा नराम्रो प्रभाव परेको बताए। कोरोनाको प्रभावसँगै कतिपय उद्योग प्रतिष्ठान बन्द हुने अवस्थामा पुगेको र धेरैले रोजगारी गुमाउने अवस्था आएको उल्लेख गरे। अर्थतन्त्रलाई बचाउन र भविष्यमा पुनरोत्थान गर्न चार्टर्ड एकाउन्टेन्टको महत्वपूर्ण भूमिका रहने भन्दै उनले साना तथा मझौला उद्योगहरु पर्याप्त पुँजीको अभावबाट गुज्रने श्रमिक अझै जोखिममा पर्ने उनले बताए।

इन्टरनेशनल फेडेरेसन अफ एकान्टेन्ट्स का अध्यक्ष डा‍। इन्‌ कि जुले आफ्नो संस्थाले अडिटिङ र रिपोर्टिङको कुनै निश्चित निर्देशिका जारी नगरे पनि सरोकारवालासँग सहकार्य गरेर अघि बढ्ने बताए। उनले कोरोनाको वास्तविक प्रभावको अझै पहिचान नभएकाले यसका मापदण्डमा परिवर्तनका विषयमा यकिन हुन नसक्ने उल्लेख गरे।  अहिले इन्टरनेसनल एकान्टिङ स्टान्डर्डर्स बोर्डले जारी गरेको आइएफआरएस मापदण्ड कार्यान्वयनमा छ। इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्टस् इन्डियाका अध्यक्ष अतुलकुमार गुप्ताले कोरोना भाइरसको महामारीका कारण औद्योगिक र व्यावसायिक गतिविधि शिथिल भएको बताए। उनले औद्योगिक क्षेत्रलाई अहिले ठूलो सहयोगको आवश्यकता रहेको र आफ्नो क्षेत्रबाट आवश्यक सहयोग पुर्योउन सदस्यहरुलाई तालिम दिइएको उल्लेख गरे। छलफल कार्यक्रममा साफाका अध्यक्ष जिया अल मुस्तफा अवानले संकटको समयमा स्रोतको व्यवस्थापन असाध्यै जटिल हुने धारणा राखेका थिए। उनले दक्षिण एसियाली क्षेत्रमा साना तथा मझौला व्यवसाय धेरै भएकाले त्यस्ता व्यवसयका लागि राम्रो परामर्शको आवश्यकता पर्ने उल्लेख गरे।

इंग्ल्याण्ड र वेल्सक चार्टर्ड एकाउन्टेन्टकी अध्यक्ष फिओना विकिल्सनले स्वास्थ्य संकट हुँदै अहिले विश्व आर्थिक संकटमा परेको बताइन्। उनले अहिलेको महामारीमा लेखा व्यवसायलाई व्यवस्थित बनाउनका लागि मार्गदर्शन तयार गरिएको जानकारी दिएकी छन्। उनले आफ्ना सदस्यहरुलाई सहजरुपले काम गर्न र महामारीमा कसरी काम गर्ने भन्ने विषयमा सुझाव पनि दिइरहेको उल्लेख गरिन्।कार्यक्रममा सिए अष्ट्रेलिया एन्ड न्युजिल्याण्डका अध्यक्ष पिटर रप, सापाकी कार्यकारी निर्देशक एलाइन हङ, सिपिए अष्ट्रेलियाका सल्लाहकार राम सुब्रमनियम, आइक्याब बंगलादेशका उपाध्यक्ष सबिर अहमद, श्रीलंकाका चार्टर्ड एकाउन्टेन्ट चमारा बन्दरा तथा आइक्यानका उपाध्यक्ष मदनकृष्ण शर्माले आ-आफ्नो धारणा राखेका थिए।