निलकण्ठ बाबा धाम मा धनधान्यान्चल शिवपुराण महायज्ञ आयोजना गरिने

प्रकाशित मिति:

बुटवल ७ दिपनगरमा रहेको निलकण्ठ बाबा धाम तथा सन्तोषी माता गुरुकुलमा धनधान्यान्चल शिवपुराण महायज्ञ आयोजना गरिने भएको छ । मंसिर २६ गते विवाह पञ्चमी देखि पौष ८ गतेसम्म सञ्चालन हुने महायज्ञको तयारी सुरु भएको आयोजकले जानकारी दिएको छ । असङ्ख्य शिवनामक बैंक स्थापनाको लागि आयोजना गरिएको महायज्ञमा आचार्य विष्णु ज्ञवालीले कथाबाचन गर्ने धामकी प्रमुख संरक्षक विष्ण्णुमाया भट्टराईले जानकारी दिनु भयो । महायज्ञ सफल पार्नको लागि सबै पक्ष लाग्नु पर्ने उँहाले बताउँनु भएको छ । महायज्ञको तयारी सुरु भईसकेको ज्ञट्टराईले जानकारी दिदैं धामले प्रत्येक वर्ष महायज्ञको आयोजना गर्दै आएको बताउनु भयो ।