कोरोनाले आमा गुमाएका शिशुका लागि कांग्रेस नेताले गरे १ लाख रुपैयाँ हस्तान्तरण

९ जेष्ठ २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया
2K Shares


काठमाडौं – कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोकको बाह्रबिसेकी महिलाका शिशुलाई स्याहारसुसारमा सहयोग पुगोस् भनेर नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले १ लाख रुपैयाँ हस्तान्तरण गरेका छन् ।

आमाको मृत्यु भएपछि अस्पतालमै रहेका नवजात शिशु शुक्रवार धुलिखेल अस्पतालबाट डिस्चार्जपछि उनका अभिभावकलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका बस्नेतले शुक्रबार अस्पतालमै पुगेर १ लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् । यसअघि मन्त्री बस्नेतले शिशुको माध्यमिक तहसम्मको शिक्षा र रोजगारीको ग्यारेन्टी लिने घोषणा गरेका थिए । कोरोना भाइरस संक्रमणका कारण शिशुकी आमाको नेपालमै पहिलो मृत्यु भएको थियो ।मिडीया डवलीवाट साभार

फेसबुकबाट तपाईको प्रतिक्रिया