आप्रवासीप्रति फष्ट डिष्ट्रिकका पेट्रिकको चिन्ता, नेपालका तर्फबाट मोक्तान सहभागी

प्रकाशित मिति:

पेन्सलभेनिया अमेरिका । अमेरिकाको पेन्सलभेनिया फष्ट डिष्ट्रिकका कंग्रेस म्यान ब्राइन फ्रि पेट्रिकले पेन्सलभेनियामा रहेका आप्रावासीहरुको चिन्ता व्यक्त गरेका छन् । गत दुई महिनादेखि यहाँका मानिसहरु घरमै बसिरहेका छन् । घरमै बसिरहेका कारण आप्रावासीहरु समस्यामा परेको भन्दै फष्ट डिष्ट्रिकका पेट्रिकले पेन्सलभेनियामा बस्ने आप्रवासीको समस्या र व्यापारको अवस्थाबारे चासो राखेका हुन् । उनले नेपालसहित ४० देशका आप्रावासीहरुका नेतृत्वसँग छलफल गर्दै आफ्नो ठाउँमा रहेका आप्रावासीका समस्या समाधान गर्न र व्यापारी व्यवसायीहरुले कोरोनाका कारण भोग्दै आएका समस्याका कारण परेको असर समाधान गर्न आफु तयार रहेको प्रतिवद्धता पनि जनाएका छन् ।सोमबार भएको भर्चुअल मिटिङमा नेपालीका तर्फबाट नेपाली गुठीका अध्यक्ष विमल मोक्तान सहभागी भएका थिए । सो बैठकमा फष्ट डिष्ट्रिकका कंग्रेसमेन ब्राइन फ्रि पेट्रिकले आप्रावासीका समस्याप्रति आफु निक्कै गम्भीर रहेको बताए ।

अध्यक्ष मोक्तानका अनुसार पेट्रिकले पेन्सलभेनियामा रहेका आप्रावासीहरुलाई राहत वितरण र व्यवसायीहरुले भोगेका समस्या समाधानका विषयमा १ घण्टासम्म छलफल भएको थियो । पेट्रिकको भनाई उद्धत गर्दै मोक्तानले भने, ‘उहाँले सबै आप्रावासीलाई समान आँखाले हेरेको र आगामी दिनमा राहत वितरणमा सक्दो सहयोग गर्ने बताउनु भएको छ । सो छलफलमा सहभागीहरुले कोरोनाका कारण कुनै पनि आप्रावासीलाई भदभाव नगर्न आग्रह गरेका थिए । सो बैठकमा आप्रावासीप्रति सरकारले गरेको व्यवहार सह्रानीय रहेकाले आप्रावासीका पछिल्लो समाधान गर्न सहभागीहरुले आग्रह गरेको उनले बताए । अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पसँग नजिक मानिने कंग्रेस म्यानको कामप्रति आप्रावासीहरु आफ्ना समस्या समाधान हुनेमा आशावादी देखिएका छन् ।सो बैठकमा नेपाली डा वर्षा मोक्तानले मोडियटरको भुमिका निर्वाह गरेकी थिइन् ।