पत्रकारिता त्यस्तो पेसा हो जुन पेशाले मानिसलाई निडर बनाउछ : पुनम गौतम

प्रकाशित मिति:

चितवन वाट पत्रकारीता गर्नु भएकी पुनम गौतमले बेसो टेलिभिजन, माउन्टेन टेलिभिजन, डिसि नेपाल डट कम, नारायणी अनलाइन र भोइस अफ नेपाल अनलाइन टि भिमा काम को अनुभव संगाल्नु भएको छ । उनै गौतम संंग पत्रकारीता गर्दै गर्दाका अनुभव समेटेर गरीएको कुराकानी

पत्रकारितामा कसरी आउनुभयो ?
मेरो पत्रकारीता रुचीको विषय हो । पत्रकारीताको माध्यमवाट समाजमा रहेका विकृती विसंगतीहरुलाई कम गर्न सकीन्छ की भन्ने लागेर पत्रकारीता मा आएको हु । पत्रकारीतालाई सहज तवरवाट अगाडी वढाउने उदेश्यका साथ अगाडी वढ्दै गर्दा म आमसन्चारको छात्रा भएकोले मिडिया अध्ययन र अनुसन्धानको क्रममा मिडियामा प्रवेश गरेको हु ।

चुनौतीहरु कत्तिको खेप्नुपरेको छ आजसम्म आइपुग्दा ?
चुनौतिहरु धेरै छन् मिडिया भित्र हुने श्रम शोषण, श्रम को राम्रो सम्मान हुन नसक्नु काम गरे वापत मासिक पारिश्रमिक नपाउनु, अझै पनि महिलालाई उचित स्थान दिन हिचकिचाहट हुनु, महिला पत्रकारले महिला पत्रकारकै खुट्टा तानेर अगाडी बढनै नदिनु, पारिवारिक असहयोग संगै पत्रकारीता गर्दै गर्दा चुनौतिको सामना गर्दै यहा सम्म आई पुगीएको छ मैले चुनौतिको समाना गर्दै पत्रकारीतालाई अगाडी वढाईरहेकी छु ।
यस क्षेत्रमा आएपछि के पाउनुभयो के गुमाउनुभयो ?
समाजमा आफ्नो पब्लिसिटी वनाउने अवसर पाए भने सबैले पुनम भनेर चिनिने भए गुमाउनुपरेको खासै त्यस्तो अनुभव केही छैन ।
पत्रकारिता गर्न चाहानेहरुलाई के सुझाव दिनुहुन्छ ?
पत्रकारिता त्यस्तो पेसा हो जुन पेशाले मानिसलाई निडर बनाउछ । जसलाई दीर्घकालीन रुपमै लैजान सक्यो भने भविस्य राम्रो छ । तर समय दिएर गर्छु भनेर लाग्ने हो भने राम्रो हुन्छ । फेसनको रुपमा हेरेर आज आएर भोलि नै छोडनेहरुका लागि भने म यो पेशामा पाइला न टेक्नै आग्रह गर्छु । पत्रकारिता पेशा भनेको एउटा नशा हो, जसलाई सहर्षै त्याग्छु भन्न नसकिने हुनाले समय र लगाव दिन नसक्नेहरुले यो पेशा नअङालेकै राम्रो भन्छु म । सत्य,तथ्य र निस्पक्ष रूपमा जुन कुनै पक्ष संग पनि नडराइ आफ्नो पेशा प्रती इमान्दार र लगनशील भएर लाग्नु पर्छ । भोलिको दिनमा आउने सबैले गहिरो खोजीका साथमा अध्ययनलाइ पनि संगै लानसक्नु भयो भने पक्कै पनि यो पेशाबाट पलायन हुनु चाहिँ पर्दैन ।
यहाँले पत्रकारिता गर्न शुरु गरेदेखिको अबिष्मरणीय क्षण ?
त्यस्ता धेरै छन । प्रशासनले न सुनेको र न देखेको कुरा मेरो समाचारले गर्दा पूरा भएका छन तर चितवनमा बाढी जादा चितवनको सौराहा डुबानमा पर्दा मैले डुबान क्षेत्रमा स्वयं गएर पानीमा आफैं डुबेर पीडितहरुको भावना लिएको थे, लिन जाने क्रममा स्कुटर सहित दुर्घटनामा परेरपनी रिपोर्टिङ गरेको हु । यो चाहिँ पानी पर्ने बितिकै याद आउने भएर अबिष्मरिणय लाग्छ ।
बिशेष कुन बिटमा कलम चलाउन मन पराउनुहुन्छ ?
केन्द्रमा नभइ जिल्लामै बसेर रिपोर्टिङ गर्ने हुँदा बिट नै भन्ने हुदैन तर म धेरै महिलाहरुको विषयलाई विशेष उठान गर्थे भने म खेल प्रेमी भएकाले खेलकुदका समाचारमा ध्यान पनि दिन्थे ।