युएईमा सबैभन्दा बढी नेपालीले रोजगारी गुमाउने सम्भावना देखीयो

प्रकाशित मिति:

काठमाडौं । कोरोना भाइरसका कारण सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स यूएईमा कार्यरत नेपालीले रोजगारी गुमाउने देखिएको छ ।युवालाई वैदेशिक रोजगारीमा पठाउँदै आएको वैदेशिक रोजगार व्यवसायी संघले गरेको पछिल्लो अध्ययन अनुसार कोरोनाको सबैभन्दा बढी असर यूएईमा रहेका नेपालीमाथि पर्ने देखिएको हो ।

यूएईमा रहेकामध्ये कम्तीमा ३० प्रतिशत नेपालीले रोजगारी गुमाउने संघले जनाएको छ । ‘कोरोनाले युएईको होटल, पर्यटन क्षेत्रमा नराम्रो असर परेको छ, संघका महासचिव सुजितकुमार श्रेष्ठले भन्नुभयो, जसले गर्दा होटल, पर्यटन क्षेत्रका काम गर्नेसहित धेरै सुरक्षा गार्डले रोजगारी गुमाएकारगुमाउँदै छन् ।’ आजको नागरिक दैनिकमा खबर छ।@radio nrn