भारतमा सर्वसाधारणका लागि पनि रेलको टिकट खुल्ला

१० जेष्ठ २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया
21 Shares


भारत । देशभरी सर्वसाधारणका लागि पनि रेलको टिकट खुल्ला गरिएको छ । देशभरका विभिन्न रेल स्टेशनहरुमा २३० रेलको टिकट काट्न पाइने व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन् । रेल मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार रेलस्टेसनहरुसँगै अनलाइनबाट पनि टिकट बुकिङ्ग गर्न सकिने व्यवस्था गरिएको छ ।

बिहीबारदेखि अहिलेसम्म १३ लाखभन्दा बढी व्यक्तिले टिकट बुकिङ्ग गरिसकेको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । टिकट बुकिङ्ग मात्रै नभएर यसअघि बुकिङ्ग गरेकाहरुको टिकट क्यान्सिल गर्ने व्यवस्था पनि गरिएको उनीहरुको भनाइ छ । यात्री टिकट सुविधा केन्द्र मार्फत् टिकट किनबेच भइरहेको छ । लामो समयपछि किनबेच खुल्ला गरिएकाले किनबेच गर्नेहरुको चाप अत्यधिक रहेको किनबेचमा सम्लग्न कर्मचारीहरुले जनाएका छन् । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बन्दबन्दीको समयमा ईट्टा उद्योगका मजदुरहरुलाई खाद्यान्न वितरण
  • कपिलबस्तुमा प्रदेश सांसद द्वारा भक्तजन प्रतिक्षलयको शिलन्यास !
  • शिव माविले पुर्यायो विद्यार्थीका घरआँगनमै पुस्तक
  • सिसहनियाँ उद्योग बाणिज्य संघको सरकारको पछिल्लो निर्णयले ध्यानाकर्षण
  • राजनिती छबी बनाउन राहत बितरण गरेको छैन: अभियान्ता चौधरी
  • समाजबादी सरकारको शैक्षिक व्यापारिकरण
  • नेपाल रेडक्रस सोसाइटी पञ्चनगर उपशाखाद्धारा रक्तदान सम्पन्न
  • कालिगण्डकी गाउँपालिकामा १८ वर्षिय पुरुष कोरोना संक्रमित
  • रूकुममा वडाध्यक्षको नेतृत्वमा प्रहरी चौकी तोडफोड
  • गाउँ फर्केका युवालाई लघुवित्त बैंकबाट पूँजी दिलाउन सुझाव