२६८ यात्रु लिएर नेपाल एयरलाइन्सको जहाज जापान प्रस्थान

प्रकाशित मिति:

काठमाडौं – लकडाउनले नेपालमै रहन बाध्य भएका जापानी नागरिकसहति २६८ यात्रु लिएर नेपाल एयरलाइन्सको जहाज जापान प्रस्थान गरेको छ । केही नेपाली यात्रु समेत रहेको नेपाल वायु सेवा निगमको वाइड बडी ए ३३० जहाज जापानको नारिताका लागि शुक्रबार राति ९स्४५ बजे प्रस्थान गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ ।

चाटर्ड उडान भरेको उक्त विमानमा जापानमा नै बसोबास गर्ने १९७ जना नेपाली पनि रहेको विमानस्थलका प्रवक्ता देवेन्द्र केसीले जानकारी दिए । नेपालस्थित जापानी दूतावासको पहलमा निगमको वाइड बडी जहाजले चाटर्ड उडान गरेको बताइएको छ ।लकडाउनमा निगमको जापानमा यो तेस्रो चाटर्ड उडान हो। सोही गन्तव्यमा यसअघि यही जेठ २ गते निगमको वाइड बडी जहाजले दोस्रो पटक चाटर्ड उडान गरेको थियो । गत चैत २८ गते निगमले नारितामा पहिलो चार्टर्ड उडान गरेको थियो।