यस्ता थिए रामभक्त हनुमानजीका १० शस्त्रअस्त्र र वाहन

प्रकाशित मिति:

तपाईंले रामायण ग्रन्थ पढ्नु सुन्नु भएको छ भने रामभक्त हनुमानजीको बारेमा जानकार हुनुहुन्छ । हिन्दु धर्ममा उनको भक्ती र वीरताको निकै चर्चा सुनिन्छ । तर तपाईंलाई महाबली हनुमानजीसँग कति प्रकारका शस्त्रअस्त्रत्र थिए र उनी कुन वाहनमा चढ्दथे भन्ने बारे थाहा नहुन सक्छ । हामीले यहाँ यसका बारेमा चर्चा गरेका छौं । हनुमानजीको वाहन हनुमत्शहस्त्रनामस्तोत्र को ७२ हौँ श्लोकमा उनलाई वायुवाहन भनिएको छ । यसको मतलव उनको वाहन भनेकै वायु हो । उनी वायुमा सवार भएर अत्याधिक वेगले एक स्थानबाट अर्को स्थानमा जान्थे ।

हनुमानजीका शस्त्रअस्त्र हनुमानजीको मुख्य शस्त्रअस्त्र भनेको गदा हो । कुबेरले उनलाई गदाघातबाट अप्रभावित हुनेको वरदान दिएका थिए । उनी वज्रांग पनि हुन् । यमले उनलाई दण्डले अभयदान दिएका थिए । भगवान शंकरले शुल एवम पाशुपत, त्रिशुल आदि अस्त्रहरुबाट अभय हुने वरदान दिएका थिए । हनुमानजीको बायाँ हात गदाले युक्त मान्ने गरिन्छ । वामहस्तगदायुक्तम् श्री लक्ष्मण र रावणको बीचमा भएको युद्धमा हनुमानजीले रावणबिरुद्ध युद्धमा गदाको प्रयोग गरेका थिए । उनले गदाको प्रहारबाटै रावणको रथलाई खण्डित बनाएका थिए । स्कन्दपुराणमा हनुमानजीलाई बज्रयुध धारण गर्नेवाला भनेर प्रार्थना गरिएको छ । उनको हातमा वज्र सधैँ रहन्थ्यो ।