क्वारेन्टाईनमा लापरवाही भएको भन्दै गाउंलेद्धारा नाराबाजी सहित विरोध

१० जेष्ठ २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया
0 Shares


बुटवल जेठ १० । रुपन्देहीको कोटहीमाई गाउंपालीका ६ स्थित बोगडी मावी हर्दिमा निर्मित क्वारेन्टाईनमा बसेका मानिस र त्यहां कार्यरत कर्मचारीले लापरवाही गरेको भन्दै हर्दि गाउंका ४ सय बढी स्थानियले शनिवार बिहान गाउंपालीका अध्यक्ष चन्द्रभुषण यादव विरुद्ध नाराबाजी गर्दै विरोध जुलुस निकालेका छन् । ५ दिन अघि निर्मित क्वारेन्टाईनमा बसेका मानिसले खेर गएको खाना प्लाष्टिकको झोलामा राखेर क्वारेन्टाईन बाहिर सडकमा फ्यांक्ने र त्यहां कार्यरत कर्मचारीले बचेको खाना। खाजा घर लैजाने गर्दा त्रास बढेको र सो बारे गाउंपालीका अध्यक्षलाई जानकारी गराएपनि सुनुवाई नभएपछि विरोध गरिउको स्थानिय निशान्त पाण्डेले बताए । क्वारेन्टाईन निर्माण भएदेखि नै लापरवाही हुन थालेको हो, उनले भने, धेरैपटक कर्मचारी र गाउंपालीकालाई आग्रह गर्दापनि नसुनेजस्तो गरेपछि गाउंले सबै विरोधमा उत्रिएका हौं । क्वारेन्टाईनबाट सडकमा खाना फ्यांकिदिने, त्यही खाना स्थानिय बाख्रा, गाई, भैंसी, कुकुर आदिले खाने र तीनै पशु गाउंलेका घरघरमा जाने भएकाले क्वारेन्टाईनमा बसेकामध्ये कोहीमा संक्रमण भए तयो फैलने डर भएको पाण्डेले बताए ।

त्यहां कार्यचरत कर्मचारी पनि गाउंमा हिंडडुल गरिरहने भएकाले त्यसो नगरी क्वारेन्टाईनमा नै बस्न आग्रह गरेको समेत उनले बताए ।क्वारेन्टाईनमा बसेका मानिस सांझ परेपछि चोकमा, गाउंमा घुम्ने, कर्मचारीले त्यहां पकाएको खाना घरमा लिएर जाने गर्दा पुरै गाउंमा भय सृजना भएको विरोधमा सहभागि अर्का युवा सन्दिप त्रिपाटीले बताए । यो बारे अध्यक्ष्रालाई जानकारी गराउन घरमै पुगियो, तर वहां नसुनेझै गरी गाडी चढेर हिंड्नुभयो, उनले भने, विरोध गरेपछि अहिले प्रहर िपरिचालन गरी मुद्यय चोकमा गाडीमा बसेर हेर्ने काम गर्नुभएको छ । क्वारेन्टाईन निर्माण गरेर मापदण्ड पुरा नगर्दा गाउं नै त्रसित भएको उनले जनाए । यो बारे मझगांवा प्रहरीमा निवेदन दिएको तर त्यहांबाट समेत केही सहयोग नपाएको स्थानियको गुनासो छ । स्थानियले शुक्रवार नजिकैको इलाका प्रहरी कार्यालय मझगांवामा निवेदन पेश गरेको भएपनि क्वारेन्टाईन व्यवस्थापनको पाटो गाउंपालीकाको भएकाले त्यता छलफल गर्नुपर्ने भनी सल्लाह दिएको प्रहरी निरिक्षक चन्द्र केसीले बताए ।

वहांहरुको गुनासोको आधारमा गाउंपालीका अध्यक्षसंग कुरा भएको छ, उनले भने, अध्यक्षले बैठक बसेर समाधान गर्ने बताउनुभएको छ । स्थानियको निवेदनमा उल्लेखित क्वारेन्टाईनका कर्मचारी त्यहीं बस्नुपर्ने कुरा र खाना जहांकंही फालिएको विषय कानुनत :  भन्दा व्यवस्थापकीय कुरा भएकाले गाउंपालीकासंग छलफल गर्न भनिएको केसीले बताए ।यता, वडा न ६ का अध्यक्ष विनोद यादवले गाउंमा २÷४ जना मानिस ले क्वारेन्टाईनको बहाना गरी गाउंको बदनाम गर्न बहाना बनाएको बताए । क्वारेन्टाईनमा कार्यरत कर्मचारी पसलमा सामान लिन जांदा, उनीहरु घर जांदा विरोध गर्नुपर्ने कुरा छैन, उनले भने, त्यहां काम गरुन्जेल सतर्कता अपनाएकै हुन्छन् । क्वारेन्टाईन निर्माण गरेदेखि नै तीनै २÷४ जनाले गाउंमा नकारात्मक सन्देश फैलाउने गरेको भन्दै उनले खाना खेर नफालिएको र क्वारेन्टाईन व्यवस्थित रहेको दाबी गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • नेविसंघ महामन्त्री युवराज पाण्डेयले मागे गृहमन्त्री बादलको राजीनामा
  • उद्योग बाणिज्य संघले आफ्ना सदस्य ब्यबसायीहरुको नि:शुल्क कोरोना विमा गर्ने
  • भीरकोट नगरपालिकामा २८ हप्ते आईपिएम कृषक पाठशाला सम्पन्न
  • मिडिया मैत्री बजेट आएन
  • मुलुकमा बढ्दै गईरहेको जातीय बिभेद बिरुद्ध धकधईका युवा
  • अस्पतालको लापरबाहीले सिरहामा एक महिलाको ज्यान गयो
  • कञ्चनमा निर्माणाधिन स्थलमा शौचालय नहुदा कामदारहरु खुल्ला दिसा गर्न बाध्य
  • बजेटले संस्थागत शिक्षालयलाई उपेक्षा गर्याे : शिक्षाविद
  • दोश्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा मन्त्रीद्धारा शुभकामना व्यक्त
  • रुकुम र देवदह घटनाको छानवीन गर्न समाजवादीको माग