श्री सत्य साई केन्द्रले निशुल्क खाना खुवायो

१० जेष्ठ २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया
142 Shares


भैरहवा, १० जेठ ।  विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपाल सरकारले लकडाउन गरेको दुई महिना पुरा भइसक्यो । लकडाउन घोषणा भएपछि त्यसलाई पालना गर्दै नागरिक घरमै बसिरहेका छन् । लकडाउनको प्रत्यक्ष मारमा विपन्न नागरिक परेका छन् । त्यस्तै बिरामी भएपछि लकडाउनमा पनि अस्पताल पुग्नुपर्ने बाध्यता छ । अहिले अस्पताल वरपरका होटल पनि बन्द छन् तथा अस्पतालले सञ्चालन गर्ने क्यान्टिनले सबैलाई खाना पुग्दैन । जसका कारण विरामी र विरामी कुरुवालाई खान समस्या भइरहेको छ । यही समस्यलाई मध्यनजर गर्दै श्री सत्य साई केन्द्र मेउडिहवा, भैरहवा अस्पताल परिसरमा निःशुल्क खाना खुवाउने अभियानमा लागेको छ ।

वैशाख १५ गतेदेखि भैरहवास्थित युनिभर्सल मेडिकल कलेज (युसीएमएस) मा सुरु गरिएको खाना खुवाउने कार्यक्रममा हालसम्म ६ हजार बढीलाई खाना खुवाइएको श्री सत्य साई केन्द्र मेउडिहवाका अध्यक्ष चन्द्रिका लामाले बताइन् । अस्पतालमा विभिन्न ठाउँबाट आउने विरामीहरुलाई खाना खाने समस्या नहोस् भन्ने उद्देश्यले निःशुल्क खाना खुवाइएको उनले बताइन् । खासगरी अस्पतालमा आउने विरामी तथा विरामी कुरुवालाई लक्षित गर्दै खाने खुवाइएको र आगामी दिनमा पनि निरन्तरता दिइने उनको भनाइ छ । हालसम्म युसिएमएसमा १४ पटक खाना खुवाइसकिएको श्री सत्य साई केन्द्र मेउडिहवाका शिक्षा संयोजक कमल श्रेष्ठले बताए । बिरामी तथा बिरामी कुरुवालाई खाना खुवाउने श्री सत्य साई केन्द्रको अभियान प्रशंसनीय रहेको सामाजिक अभियन्ता प्रख्यात बञ्जाडे बताउँछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • क्ञ्चन गाउपालिकामा क्वारेन्टाइ हट्यो,संक्रमण रोकथाम गर्न सहयोग गर्ने सबैलाई गाउपालिका…
  • गणेशमान सिंहको स्मृतिमा नेबिसंघ द्वारा काठमाडौंमा दिप प्रज्वलन
  • सिरहाको लहानमा गणेश मान सिंहको स्मृति दिवस सम्पन्न
  • जनप्रतिनिधिद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन
  • नवलपरासीमा पनि मनाइयो राष्ट्रिय परिवार नियोजन दिवस
  • शैक्षिक क्षेत्र सुधारको माग गर्दै शिक्षामन्त्रीलाई संयुक्त विद्यार्थी संगठनको पत्र
  • (एमसिसी )  बुंँदा परिमार्जन गरेर भए पनि अनुमोदन हुन्छ :…
  • शुदोधन गाउँ पालिका २ बनगाइमा एक युवकको हत्या
  • तिलोत्तमामा विनाधितो सहुलियतपूर्ण कर्जा
  • रैना र हरभजन नखेल्दा चेन्‍नईले टिम कसरी मिलाउला ?