भीरकोटमा सामाजिक दुरी कायम गरी हाट वजार संचालन

प्रकाशित मिति:

चुत्र महत जेष्ठ १०, भीरकोट – भीरकोट नगरपालिकाको सिसौघारी स्थित वसपार्कमा प्रत्येक हप्ताको शनिवार संचालन हुदै आएको हाट वजार कोविड १९ का कारण वन्द रहेको अवस्थामा झण्डै ३ महिनाको अवधी पछि शनिवार वाट सामाजिक दुरी कायम राखी संचालनमा आएको छ ।कोरोना संक्रमणको रोकथाम तथा न्युनीकरण गर्न जारी लकडाउनले कृषकका कृषिउपजले बजार नपाईरहेका बेला भीरकोटले हाट बजार सञ्चालनमा ल्याएको भन्दै नगर प्रमुख खनालले लकडाउनका कारण कृषिउपज कुहिएर चिन्तित भईरहेका किसानले उत्पादित कृषिजन्य वस्तुको बजारीकरणका लागी हाटबजार दैनिक विहान ९ देखि साँझ ४ बजेसम्म सञ्चालनमा आउने तर विक्री भने दिउसो १२ वजेपछि मात्र हुने प्रमुख खनालले वताए ।

कृषकको उत्पादन नगरपालिकाले किन्ने र होलसेल मुल्यको २ प्रतिशत राखेर नगरपालिकाले उपभोक्तालाई विक्रि वितरण गर्ने र कृषकले आफ्ना उपजहरु विहान १२ बजे अगावै हाटबजारमा ल्याउनुपर्ने र नगरपालिकाले चलेको होलसेल भाउमा किनेर हाटबजारमा बेच्ने नगर उप प्रमुख सिमा केसी कर्माचार्यले वताईन । कृर्षी गरेर आफ्नो जिविका चलाई राखेका भीरकोटका कृषकहरु कोविड १९ का कारण मर्कामा परेका थिए, आफुले उत्पादन गरेका वस्तुहरुले वजार भाउ नपाएर हैरान भैरहेको अवस्थामा नगरपालिकाले खरीद गरी किसानको पसिनाको वास्तविक मुल्य पाएको भन्दै स्थानीय कृषकहरु खुसीले गदगद हुदै स्थानीय सरकार भनेको अहिले आएर वुझेको भन्दै स्थानीय सरकारलाई धन्यवाद दिएका थिए । आज वाट दैनिक १२ देखी ४ वजे सम्म हाट वजार गएर ताजा फलफुल तरकारी खरिद गर्न पाउने भएसी किनमेल गर्न आएका भीरकोटका उपभोत्ताहरु समेत हर्षित भएका थिए ।

हाट वजारमा दैनिक २ जना कर्मचारीले फलफुल तथा तरकारी किन वेच गर्ने व्यवस्था मिलाई हाट वजारलाई व्यवस्थीत गरीएको भन्दै अहिले हाट वजारमा काकरा,घिरौला,लौका,करेला,फर्सीहरु प्रशस्त मात्रामा रहेको भीरकोट नगरपालिका कृषी संयाजक तथा नगर प्रवत्ता दिपेन्द्र केसीले वताए ।लक डाउनले गर्दा भीरकोटका जनताहरु ऋाफ्नो वाँझो रहेका खेतियोग्य जग्गालाई उपयोग गर्न थालेको भन्दै अधिकारीले बाँझो खेतियोग्य जमिनमा ब्लक एरिया मार्फत माटो सुहाँउदो आलू, मकै, धान खेति गर्ने निर्णय नगरले गरेपछि प्रविधिको अधिकतम प्रयोग गरी कृषकलाई कृषिमा आर्कषित गरिने वडा न ५ का अध्यक्ष याम प्रसाद अधिकारीले वताए । शनिवार वाट शूरु भएको हाट वजारमा सामाजिक दुरी कायम गरी भीरकोट नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, कृषक र उपभोक्ताहरुको उपस्थिति रहको थियो ।