वर्तमान परिप्रेक्षमा शिक्षामा देखिएको समस्या र चुनौतीका बारेमा भिरकोटमा अन्र्तक्रिया गरिएको छ

प्रकाशित मिति:

चुत्र महत जेष्ठ १०,भीरकोट  -भीरकोट १ तमूसमाज हलमा सामाजिक दुरी पार गर्दै आयोजित अन्र्तक्रियामा जनप्रतिनिधि तथा नगरका निजि र सामुदायिक विद्यालयका प्रअहरुको सहभागिता थियो । कार्यक्रममा लकडाउनका कारण शैक्षिक क्षेत्रमा देखिएको समस्याहरुका बारेमा छलफल भएको छ । कार्यक्रममा नगरप्रमुख तथा नगर शिक्षा समितिका अध्यक्ष छायाराम खनालले धेरै विद्यार्थी खाली बसेको भन्दै उनीहरुलाई उचित पारिवारिक तथा सामाजिक वातावरण दिनुपर्ने बताउनुभयो । साथै प्रमुख खनालले आफ्नो टोलमा रहेका विद्यार्थीहरुलाई, समाजिक दुरी कायम गरी थोरै संख्यामा शिक्षा दिनुपर्ने बताउनुभयो । प्रमुख खनालले भन्नुभयो, ‘शिक्षकहरु खाली नबस्नुस, विद्यार्थी र अभिभावकको सम्पर्कमा रहनुस र टोल टोलमा थोरै संख्यामा अध्यापन गराउनुस, पहिलो शिक्षा कोभिड १९ केन्द्रित हुनुपर्छ । कोरोनाबाट सतर्कता हुनका लागी र अरुलाई कसरी सुरक्षित राख्ने त्यस्ता ज्ञान पनि दिनुपर्छ ।

कार्यक्रममा उपप्रमुख सिमा केसीकर्माचार्यले समेत कोभिड बाट बच्दै बालबालिकाहरुलाई घरघरमै पनि अभिभावक तथा शिक्षकहरुले ज्ञान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा निजि विद्यालयको तर्फबाट बालेदय अगं्रेजी आवसिय माविका प्रिन्सीपल अमृत अर्यालले निजि शिक्षक मर्कामा परेको भन्दै भीरकोट ग्रामिण क्षेत्र भएकाले सबैमा अनलाईन शिक्षा संभव नहुँने बताउनुभयो । साथै उहाँले पिडिँ पाठाशालामा फर्कनुपर्ने भन्दै कोभिडको नियन्त्तण नहुँदासम्म यसको कार्यान्वयन हुनुपर्ने बताउनुभयो । कार्यक्रममा दहथुम माविका निमित्त प्रअ टोलप्रसाद रेग्मीले विद्यार्थीको घरघरमै पाठ्यपुस्तक पु¥याउनुपर्ने बताउनुभयो । कार्यक्रममा भाग्योदय माविका प्रअ रेशमप्रसाद रेग्मीले विद्यार्थीको पठनशैली परिर्वतन भएको व्यवहार परिर्वतन भएको भन्दै टोलटोलमा पढाईनुपर्ने बताउनुभयो । कार्यक्रम प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बालमैत्रि नगरसहजकर्ता खुमकान्त खनालले सञ्चालन गर्नुभएका थियो भने कार्यक्रमका बारेमा प्रकाश शिक्षा साखा प्रमुख हेमप्रसाद आचार्यले गर्नुभएको थियो