थप ३६ जनामा कोरोनाको संक्रमण पुष्टि,भएपछी संक्रमितको संख्या ५८४ पुग्यो

प्रकाशित मिति:

काठमाडौं, जेठ १० । नेपालमा थप ३६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। शनिबार सेती अस्पताल, कैलाली, कोशी अस्पताल विराटनगर, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही र सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए।

संक्रमितहरु बाँकेको नगरैनापुरको मद्रसा र नरैनापुर–३ का २७ जना, बैतडी शिवनाथ गाउँपालिकाका चार जना, सुर्खेतका तीन जना, झापाको झापा गाउँपालिकाका र बर्दिया बडैयाताल–७ का एक–एक जना पुरुष रहेका छन्। योसँगै कोरोनाबाट संक्रमित हुनेको संख्या ५८४ पुगेको छ। संक्रमितमध्ये ७० जना निको भएर घर फर्किएका छन् भने तीन जनाको मृत्यु भएको छ।