नमस्कार गर्दा अहंकार नष्ट हुन्छ

१० जेष्ठ २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया
31 Shares


हामी जब कसैसाग भेट गर्छौं, नमस्कार आदनप्रदान गर्छौं । आफुले मान्नुपर्ने व्यक्तिलाई हार्दिकतासाथ नमस्कार गर्छौं । कुनैपनि भेटघाटको पहिलो औपचारिक सुरुवात नै नमस्कारबाट हुन्छ । नमस्कार गर्ने विधी छ । नमस्कार गर्दा दुबै हात जोड्छौं । शीरलाई थोरै झुकाउँछौं । विनयी र प्रफुल्ल भावमा प्रस्तुत हुन्छौं । नमस्कार गर्नु यौगिक क्रिया हो । दुई हात जोडेर नमस्कार गर्नुको बैज्ञानिक महत्व छ । नमस्कार गर्दा दुई हात जोडेर हातलाई छातीको अघिल्तिर राखिन्छ । आाखा बन्द गरिन्छ र शिर झुकाइन्छ ।  हाम्रो हातको तन्तु मस्तिष्कको तन्तुसँग जोडिएको हुन्छ । जब नमस्कार गर्छौ, हातका औंलाहरु आपसमा जोडिन्छन् । यसले हृदयचक्र र आज्ञा चक्र सक्रिय हुन्छ । यसले जागरण बढ्छ । उक्त जागरणले मनमा शान्त र चित्तमा प्रशन्नता आउाछ ।

। नमस्कार गर्दा पाचन यन्त्रलाई पनि फाइदा पुग्ने बताइन्छ । दुई हात जोडेर नमस्कार गर्दा यस किसिमको शारीरिक व्यायाम हुन्छ, जसले पाचन यन्त्रमा प्रभाव पर्छ । हात जोड्दा शरीरको रक्त संचार प्रवाह हुन्छ ।  मनोवैज्ञानिक फाइदा  नमस्कार गर्नु मनोवैज्ञानिक पद्धती पनि हो । हात जोडेर तपाई कडा वा क्रोधित रुपमा बोल्न सक्नुहुन्न । किनभे नमस्कार गर्दा हाम्रो अहंकार नष्ट हुन्छ । विनय गुण नम्रता विकास हुन्छ । मन शुद्ध हुन्छ ।आध्यात्मिक महत्वदायाा हात आचार अर्थात धर्म र वायाा हात बिचार अर्थात दर्शनको हुन्छ । नमस्कार गर्दा दायाँ र बायाँ हात जोडिन्छ । यसले आध्यात्मिक लाभ मिल्छ ।मानव शरीरको एक भागमा सकारात्मक र अर्को भागमा नकारात्मक उर्जा हुन्छ । दुबै हात जोड्दा सकारात्मक उर्जा प्रवाह हुन्छ । कसैलाई प्रणाम गरेपछि आर्शिवाद प्राप्त हुन्छ, यसले उसमा आध्यात्मिक विकास हुन्छ ।

तीन प्रकारको नमस्कार नमस्कार तीन प्रकारको हुन्छ १। सामान्य नमास्कार  २। पद नमस्कार ३। साष्टांग नमस्कार सामन्य नमस्कार कुनै व्यक्तिलाई भेट्दा हामी दुई हात जोडेर नमस्कार गर्छौ । नमस्कार गर्दा दुबै हात जोडेर, गर्दन हल्लाएर नमस्कार गर्नुपर्छ । यसले गर्दा जसलाई हामी नमस्कार गर्छौ, उनमा राम्रो भावना विकास हुन्छ । नमस्कार गर्दा दुई सेकेन्डका लागि आँखा बन्द गर्नुपर्छ । यसले आँखा र मन ताजा हुन्छ । पद नमस्कार यस अन्र्तगत हामी आफ्नो परिवार, कुटुम्ब, बुढापाका, आमाबुवाको खुट्टा छोएर नमस्कार गर्छौ । अक्सर यस किसिमको नमस्कार गर्दा आफुले श्रद्धा गर्ने व्यक्तिलाई मात्र गर्नुपर्छ । नचिनेका व्यक्तिलाई यस्तो नमस्कार गर्नु हुादैन । साष्टाङ्ग नमस्कार-यसलाई दन्डवत प्रणाम पनि भनिन्छ । यो नमस्कार केवल मन्दिरमा गरिन्छ । मन्दिरमा साष्टाङ्ग नमस्कार गर्दा खुट्टामा जुत्ता, चप्पल हुनुहुादैन । यो नमस्कार गर्दा पुरुषले शीर ढाक्नु हुादैन । तर, महिलाले शीर ढाक्नुपर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • गाउँपालिका अध्यक्षलाई प्रदेशिको चिट्ठी – ‘डरले मरिने भए म मरेका…
  • भक्तपुरमा सुत्केरीमा कोरोना भाइरसको संक्रमण पुष्टि
  • पडसरी गा बि स पुर्ब उपाध्यक्ष केसिको निधन प्रती सभापति…
  • श्रद्धेय पार्टी सभापति शेरबहादुर देउवाज्यु लाई खुल्ला पत्र ।
  • खाद्य पदार्थमा स्वच्छताः हामी सबैको प्रतिवद्धता
  • नेपालमा कोरोनाको संक्रमणबाट थप दुई जनाको मृत्यु
  • पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संख्यामा बृद्धि
  • विदेशमा रहेका घर फर्किन चाहने सवै नेपालीलाई स्वदेश फिर्ता ल्याउन…
  • देशभरका मालपोत कार्यालय आइतबारदेखि खुल्ने
  • सरकारले जनताको दु : ख नदेखेको कांग्रेस नेता मिनेन्द्र रिजालको…