कोरोना भाइरसमुक्त भइ ९ जना नारायणी अस्पतालबाट डिस्चार्ज

१० जेष्ठ २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया
123 Shares


वीरगन्ज/ पर्साको वीरगन्जस्थित नारायणी अस्पतालबाट शनिबार ९ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।नारायणी र गण्डक अस्पतालमा उपचारार्थ संक्रमित मध्ये शनिबार ९ जना डिस्चार्ज भएका हुन् । ‘संक्रमणलाई जित्ने ९ जनालाई डिस्चार्ज गरएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट ९मेसु० डा। मदन कुमार उपाध्यायले जानकारी दिए ।

उनीहरु पर्साका ३, रौतहटका ३, बाराका २ र एक भारतीय नागरिक गरी ९ जना पुरुष रहेको मेसु उपाध्यायले बताए । वीरगन्जमा डिस्चार्ज भएका ९ सहित कोरोनालाई जितेर अहिलेसम्म नेपालभर डिस्चार्ज हुनेको संख्या ७९ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया