लायन्स क्लब मेट्रोसिटीद्वारा राहत वितरण

११ जेष्ठ २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


झबिन्द्र देवकोटा/बुटवल-लायन्स क्लब अफ बुटवल मेट्रोसिटीले बुटवल उपमहानगरपालिका वडा नम्बर ११ मजुवा सिरान गाउँका बासिन्दालाई राहत बितरण गरेको छ । मजुवा सिरान गाउँका स्थानीय ३६ घरपरिवारलाई प्रतिपरिवार २० केजीका दरले राहत वितरण गरेको हो ।

राहात वितरण कार्यक्रम बुटवल उपमहानगरपालिका वडा नं ११ का वडा सदस्य नकुल शाही ठकुरीको आतिथ्यता तथा क्लबका अध्यक्ष बिदुर पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो।

सो कार्यक्रमको संयोजन लायन सन्तोष थापाले गर्नुभएको थियो भने संस्थापक अध्यक्ष बिनोद सुबेदीले मन्तव्य राख्दै सामाजिक दुरी कायम राख्दै मानवीय सेवामा जुट्न अपिल गर्नुभएको थियो। आशिष लम्सालको संचालनमा भएको कार्यक्रमका लागि लायन्स क्लब अफ बुटवल मेट्रोसिटीका सदस्यहरुबाट संकलन गरिएको ६५ हजार रुपैया बराबरको राहत सामग्री सहयोग गरिएको क्लबका कोषाध्यक्ष बिकास भन्डारीले जानकारी गराउनुभयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया