प्रेमिका लिन गएका युवकको गाउँलेद्वारा कुटपिट गरि हत्या

प्रकाशित मिति:

जाजरकोट, जेठ १२ । प्रेमिका लिन गएका जाजरकोटका एक युवकको गाउँलेले कुटपिट गरि हत्या गरेका छन्। जात नमिल्ने भन्दै युवतीका गाउँलेले कुटपिट गरि हत्या गरेको प्रहरीको भनाइ छ।गएराति रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरुको कुटाइबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यु भएको हो।नवराजसँग गएका ६ युवा अझै बेपत्ता रहेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले बताए। कुटपिटमा संलग्न १२ युवालाई चौरजहारीस्थित प्रहरीले पक्राउ गरेको छ।

नवराज र सोतीस्थित मल्ल थरकी युवतीबीच लामो समयदेखि प्रेमसम्बन्ध रहेको थियो। युवतीकै आग्रहमा नवराज आफ्ना साथीहरुलाई लगेर शनिबार जाजरकोटबाट सोती पुगेका थिए।नवराज आएको खबर पाएपछि युवतीकी आमाले गाउँमा जानकारी दिएकी थिइन्।। त्यसपछि भेला भएका युवतीका गाउँलेले नवराजलाई कुटपिट गरि हत्या गरेको डिएसपी श्रेष्ठले बताए। युवतीका गाउँहरुले लखेट्दा अन्य ६ युवा बेपत्ता रहेको उनले बताए।नवराज र युवती विवाद गर्न लागेको थाहा पाएपछि यस अघि नै युवतीका परिवारले चौरहजारी प्रहरीमा उजुरी दिएका थिए। उजुरी दिएपछि दुवै समूहबीच छलफलसमेत भएको डिएसपी श्रेष्ठले बताए।जात नमिल्ने भन्दै युवतीका आफन्तले विवाह नगर्न दवाव दिएको प्रहरीको भनाइ छ। त्यसै कारणले गएतराति पनि कुटपिट गरिएको डिएसपी श्रेष्ठले बताए।