नेपाल पक्ष बलियो हुन संसदबाट साझा संकल्प प्रस्ताव पारित गर्न गगनको आपील

प्रकाशित मिति:

काठमाडौँ । नेपालले केही गर्न सक्दैन भन्नेहरुलाई संसदबाट एक मतले निशान छाप सम्वन्धी प्रस्ताव र संकल्प प्रस्ताव पारित गरेर राष्ट्रिय संकल्पको चोटिलो जवाफ दिन आह्वान गर्नुभएको छ ।  सामाजिक सञ्जाल मार्फत् आज एक वक्तव्य जारी गर्दै उहाँले नेपाल आफ्नो सीमाना र सार्वभौमकताको रक्षा गर्न दृढरुपमा संकल्पित छ भन्ने सन्देश दिन अत्यावश्यक भएको बताउनु भएको छ ।  कालापानी, लिपुलेक र लिम्पियाधुरामा नेपालको नियन्त्रण कायम गराउन राष्ट्रिय संकल्पको खाँचो औंल्याउदै उहाँले संसदबाट नै साझा संकल्प प्रस्ताव मस्यौदा गरेर सर्वसम्मत रुपमा पारित गर्न अपील गर्नुभएको हो । यस्तो संकल्पले नक्सा प्रकाशन गर्दा देखिएको एकता, यस उप्रान्त हुन पर्ने वा गर्नुपर्ने कुटनीतिक पहल कदमीमा समेत हामी सबै राष्ट्रिय रुपमा एकबद्ध छौं भन्ने सन्देश भारत लगायत सिंगो विश्व समुदायलाई दिनेछ,’ उहाँले लेख्नु भएको छ ।

वक्तव्यमा लेखिएको छ, “नक्सा प्रकाशित गर्ने मात्र नभई, नक्सामा उल्लेखित लिम्पियाधुरा, लिपुलेक, कालापानी तथा अतिक्रमणमा परेको सुस्ता लगायतको नेपाली भूभागमा नेपालको प्रभावकारी नियन्त्रण स्थापित गर्न पनि नेपाल उत्तिकै गम्भिर छ भन्ने सन्देश प्रवाहित हुन्छ ।”
नयाँ नक्सालाई संविधानमा समावेश गर्ने गरी संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्ताव सर्वसम्मतिले पारित गरेमा कुटनीतिक बाटोका लागि ठुलो आधार तयार हुने उल्लेख गर्नुभएको छ । जमिन फिर्ता ल्याउनका लागि सिंगो संसदको म्यान्डेड र साथका लागि पनि यो प्रस्तावलाई एक मतले पारित गर्नु पर्नेमा थापाले जोड दिनुभएको छ । उहाँले वक्तव्यमा लेख्नु भएको छ, “जमिन फिर्ताका बारेमा सरकारले गर्ने कामको संसदले निरन्तर अनुगमन गरिरहने हुनाले सरकारलाई सारभूत रुपमा काम गर्नका लागि प्रेरित गरिरहनेछ, र संसद तथा संसदको संकल्पप्रति सरकारलाई जवाफदेही बनाइरहनेछ ।

उहाँले नेपालको परिवर्तित नक्सा संविधानको अंग भएसंगै राष्ट्रिय स्वाभिमानको लडाईंमा एउटा महत्वपूर्ण अध्यायको सुरुवात हुने तर्क गर्नुभएको छ । यस उप्रान्तको काम कुटनीतिक रुपमा अझै जिम्मेवारीपूर्वक गर्नुपर्नेछ । यतिखेर भारतले नेपाली भूभागमा उपस्थितिसंगै नियन्त्रण राखेको अवस्था छ । अबको बाटो भनेको हामीले हाम्रो भू९भागबाट भारतको उपस्थिति तथा नियन्त्रणको अन्त्य गरी आफ्नो प्रभावकारी नियन्त्रण स्थापित गर्ने हो ।” उहाँले लेख्नु भएको छ । राष्ट्रिय स्वाभिमान, स्वाधिनता र स्वनिर्णयको विषयमा मतभेद हुननहुने भन्दै उहाँले संघीय गणतान्त्रिक नेपालको राजनीतिक ईतिहासमा पहिलो पटक सबै सशक्त रुपमा, आपसी मतभेदहरुलाई पाखा लगाएर राष्ट्रिय स्वाभिमानको खातिर परिवर्तित नक्सा जारी गर्ने सन्दर्भमा एक ढिक्का भएर उभिएको उल्लेख गर्नुभएको छ । नेपाली स्वाभिमानको विषयमा बनेको यस राष्ट्रिय एकताले नेपाली भू९भागमा नेपाली सार्वभौम शक्ति स्थापित नभएसम्म थप वलियो ढङ्गले निरन्तरता पाउन जरूरी रेहको पनि थापाको भनाई छ ।