गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाको निरंतर निशुल्क तरकारी आलु वितरण कार्यक्रम पाचौं पटक भव्यताका साथ सम्पन्न।

प्रकाशित मिति:

न्युयार्क अमेरिका – गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले निस्शुल्क तरकारी आलु वितरण कार्यक्रम मेई २३, २०२०, शनिवार भव्यता का साथ सम्पन्न गरेको छ। सनिसाईडसाईन्स संस्था की कार्यकारी निर्देशक जेमिफाए बिइन र जकत फाउण्डेशन अफ अमेरिका सँग सहकार्य गरी निशुल्क वितरण गरिएको हो। वहाँ ले यसै फाउण्डेशन लाई ५० बोरा आलु  प्रतेक बोरामा ५० पाउण्ड आलु  कुल २५०० पाउण्ड आलु सहयोग स्वरुप प्रधान गर्नु भएको थियो र आजै विभिन्न सघं संस्था का प्रतिनिधिहरु मार्फत वितरण गरिएको जानकारी यसै फाउण्डेशन का अध्यक्ष सोमनाथ घिमिरेले दिनु भयो। फाउण्डेशन को निशुल्क खाद्य सामग्री वितरण कार्यक्रममा तन,मन र बचन दिएर खटने स्वयंसेवकहरु क्रमशः उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवम् समुदाय सम्बन्ध निर्देशक छिरिङ्ग राप्के लामा र केन्द्रीय सदस्य सुर्य सीमखडा हरु हुनुहुन्थियो।

आज दिउँसो १२ बजे उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवम् समुदाय सम्बन्ध निर्देशक छिरिङ्ग राप्के लामा र केन्द्रीय सदस्य सुर्य सीमखडा, वहाँहरु आफैं वेरहाउसवाट आआफ्नो गाडीमा लोड गरेर विभिन्न सघंसंस्था का प्रतिनिधिहरु माझ पुगेर वितरण गर्नु भयो, जसमा किरात याक्थुङ चुम्लुङ अमेरिकाका अध्यक्ष बिरेन्द्र लाबुङ लिम्बु मार्फत ७ बोरा आलु   ३५० पाउण्ड, घ्याल्सुम्दो सेवा संस्था अमेरिकाकी अध्यक्ष नीमा ल्हमो मार्फत ५ बोरा आलु  २५० पाउण्ड, एन आर एन अमेरिका न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरी अधिकारी मार्फत ६ बोरा आलु  ३०० पाउण्ड, लंगआईलेण्ड नेपाली समाजका पूर्व अध्यक्ष दुर्गेश कार्की, सदस्य नरेन्द्र सुवेदी, यसै फाउण्डेशनका केन्द्रीय सदस्य द्वय विश्व वास्तोला र विनोद थापा, नेजसस लंगआईलेण्ड का सचिव दिपक पन्त, समाजसेवी उपेन्द्र खनाल हरु मार्फत १० बोरा आलु ५०० पाउण्ड, तमु परिवार अमेरिका न्युयोर्ककी मनीता गुरुङ्ग मार्फत ५ बोरा आलु २५० पाउण्ड, मगर संघ अमेरिका  न्युयोर्क का यम पुन मार्फत ५ बोरा आलु  २५० पाउण्ड वितरण कार्य सम्पन्न भयो र यस वितरण कार्य उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवम् समुदाय सम्बन्ध निर्देशक छिरिङ्ग राप्के लामा, केन्द्रीय सदस्य सुर्य सीमखडा सबै माझ पुगेर हस्तान्तरण गर्नुभयो। गिरिजा प्रसाद कोइराला फाउण्डेशन सनिसाईडसाईन्स संस्था की कार्यकारी निर्देशक जेमिफाए बिइन र जकत फाउण्डेशन अफ अमेरिका लाई धन्यवाद एवम् हार्द्वीक आभार प्रकट गर्दछ।