रुपन्देहीमा थपिए ६ जना कोरोना संक्रमित

११ जेष्ठ २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया
61 Shares


काठमाडौं, जेठ ११ । रुपन्देहीमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ।  आइतबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परीक्षणमा रुपन्देहीमा थप ६ जना पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए।

उनका अनुसार संक्रमितहरु रुपन्देही समरीमाई गाउँपालिकाका–५ का ४० र ५० वर्षीय पुरुष, रुपन्देही–१ का ३२ वर्षीय पुरुष र रुपन्देहीकै गैडहवा गाउँपालिकाका २३, ३० तथा ४० वर्षीय पुरुष रहेका छन्।संक्रमित व्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु चिकित्सकको सम्पर्कमै रहेको प्रवक्ता देवकोटाले बताए। योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६०३ पुगेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया